×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हवाइजहाजभित्रै ग्यालेक्सी नोट टु पड्कियो

LAXMI SUNRISE BANK

हवाइजहाजभित्रै ग्यालेक्सी नोट टु पड्कियो

८ आश्विन २०७३, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ –  ग्यालेक्सी नोट सेभेन पड्केर हैरानी खेपेको विश्वचर्चित कम्पनी सामसुङको ग्यालेक्सी नोट टु पनि पड्केको खबर आएपछि सामसुङलाई फेरि अर्को झड्का लागेको छ ।
भारतको चेन्नई विमानस्थलमा अवतरण गर्नै लागेको एउटा जहाजमा सवार यात्रुले बोकेको ‘ग्यालेक्सी नोट टु’मा आगो लागेपछि विश्वचर्चित कम्पनी सामसुङमाथि अर्को आपत् आइ लागेको खबर अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । यस अघि ग्यालेक्सी नोट सेभेन पड्केर सामसुङले उक्त मोबाइलहरु बजारबाट फिर्ता लगेका थिए ।
इन्डिगो चेन्नई एयरपोर्टमा अवतरण गर्नै लागेको बेलामा ग्यालेक्सी नोट टु मा आगो लागेको हो । समाचारमा जनाइए अनुसार ग्यालेक्सी नोट टु लाई जहाजको ओभरहेड बीनमा राखिएको थिया । भारतको नागरिक उड्ययन प्राधिकरणका एक निर्देशकका अनुसार शुक्रबार बिहान ७ बजेर ४५ मिनेटमा फोनबाट आगो र धुँवा निक्लेको पुष्टि गरेका छन् ।
घटनापछि क्याबिन क्रु मेम्बरले आगो निभाउने मेशीनले सामसङ ग्यालेक्सी नोट टु मा लागेको आगो निभाएका थिए ।

  • नेपाल आज 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी