Skip to content
LAXMI SUNRISE BANK

धरान आगलागीमा तीन करोडको क्षति

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – सुनसरीको धरान उपमहानगरपालिका – ९ सब्जी लाइनमा बुधवार दिउँसो  आगलागी हुदा करिव तीन करोड रूपैयाँ बराबरको धनमाल क्षति भएको अनुमान छ ।
स्थानीय किशोर श्रेष्ठको मासु पसलबाट ग्यास चुहिएर आगलागी शुरु भएको थियो । सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेक अनुसार आगलागीबाट स्थानीय कृष्णप्रसाद शाक्यको साइकल पसल, राजेश श्रेष्ठको मासु पसल, भूपालमान शाहीको मासु पसल, अब्बास अन्सारीको झोला पसल, कल्पना बास्तोलाको मासु पसल पूर्णरुपले जलेर नष्ट भएको छ । 
आगोलाई स्थानीयवासी, प्रहरी र बारुणयन्त्रको सहयोगमा नियन्त्रणमा लिइएको थियो । 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK