Skip to content
LAXMI SUNRISE BANK

दशैंअघि नै मन्त्री बन्न साना दलको कसरत सुरु, ठुला दललाई दबाब

अर्थ सरोकार

अरु ठुला दल जस्तै सरकारमा सहभागी हुन साना दलका केही नेताहरुले कसरत सुरु भएको छ।सुरु गरेका । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा सरकार गठन भएको डेढ महिना बितिसक्दा पनि अझै चार ओटा मन्त्रालय रिक्त रहेकाले पनि पछिलो समय साना दलको दौडधुप बढेको हो ।
 संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सरकारमा नआउने निश्चितजस्तै भएपछि साना दल र तिनका नेताहरु मन्त्री बन्न हतारिमा रहेको देखिन्छ । उनीहरुले दशैंअगावै आफूहरुलाई मन्त्री बनाउन आफु भन्दा ठुलो नेताहरुलाई दबाब दिइरहेका छन् । अहिले महिला तथा बालबालिका, खानेपानी तथा सरसफाइ र पशुपन्छी मन्त्रालयसहित चार मन्त्रालय खाली रहेकोछ ।
उपप्रधानमन्त्रीसहित एउटा महत्वपूर्ण मन्त्रालय पाएको खण्डमा आफै सरकारमा जाने, नपाए पार्टीबाट सरकारमा कसैलाई नपठाउने गच्छदारको भनाइले उनको पाटीभित्र चर्को विवाद भएको छ । अहिले राम्रो मन्त्रालय पाए सरकारमा जाने तयारी उसको छ ।
 समाजवादी जनता पार्टीका अध्यक्ष प्रेमबहादुर सिंह, परिवार दलका अध्यक्ष एकनाथ ढकाल र बहुजन शक्ति फोरमका अध्यक्ष विसेन्द्र पासवान पनि सरकारमा जान निकै प्रयास गरिरहेका छन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK