×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अरुलाई आरोप लगाउने भुषाल स्वयम गुठमा ब्यस्त

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

अरुलाई आरोप लगाउने भुषाल स्वयम गुठमा ब्यस्त

Artha Sarokar

६ आश्विन २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

केन्द्रीय समितिमा पार्टीभित्र गुटबन्दी भएको भन्दै उनले २६ पृष्ठ लामो फरक प्रस्ताव दर्ता गराएका थिए । पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी भन्दा गुट चलाएको र केन्द्रदेखि गाउँसम्म गुटबन्दीमा पार्टी फसेको उनको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

केन्द्रमा आफ्नो फरक मत राखेका भूसाल स्वयम गुटको बैठकमा सहभागि थिए । केन्द्रीय समितिको बैठकमा कसरी प्रस्तुत हुने बिषयमा उनीहरुले छलफल गरेका थिए । बैठकमा भूसालको प्रतिवेदनमाथी पनि छलफल भएको बैठकमा सहभागि एक नेताले बताए ।

उपमहासचिव भूसाले फरक मतमा राखेको एक पद एक ब्यक्तिको अवधारणामा टेक्ने रणनीति नेपाल समुहले बनाएको छ । पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले अध्यक्ष वा संसदीय दलको नेता मध्ये एक छाड्न दवाव दिने निस्कर्ष समुहको भेलाले निकालेको  स्रोतले उल्लेख गरे। । बैठकमा ८ जना नेपाल समुहका नेताहरु सहभागि रहेका थिए  ।

त्यसैगरी अध्यक्ष ओली समुहको पनि बुधवार साँझ बैठक बसेको थियो । महासचिव इश्वर पोखरेल सहभागि भएको भेलाले केन्द्रीय समितिमा कसरी प्रस्तुत हुने बिषयमा धारणा बनाइएको एक नेताले बताए । पार्टी अध्यक्ष प्रतिवेदनलाई रक्षा गर्ने उनीहरुले रणनीति लिएका छन् ।

पार्टी केन्द्रीय समितिको बैठकमा उपाध्यक्ष बामदेव गौतम केही बुँदामा नेपाल समुहसँग सहमत छन् भने केही बुँदामा अध्यक्ष ओली समुहसँग सहमत देखिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण, त्यहाँ भएका केही सम्झौताका बिषयमा ओलीले प्रतिवेदनमा कडा आलोचना गरेका छन् । ति बिषयमा गौतम सहमत छन भने एक ब्यक्ति एक पदको नेपाल समुहको एजेण्डामा गौतम सहमत देखिएका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी