- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – शुक्रबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ । बिहिबारको कारोबारमा प्रति तोला ५८ हजार ३ सयमा कारोबार भएको छापावाल सुन आज बिहिबार पनि सोहि मूल्यमा कारोबार भई रहेको छ । त्यस्तै सुन प्रति तोला ५८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ।
बिहिबार ८ सय ६० मा कारोबार भएको चाँदी आज ५ रुपियाँले घटेर प्रति तोला ८ सय ६५ रुपैयाँमा कारोबार भईरहेको छ।
नेपाल सुनचांदी ब्यबसायी महासंघले शुक्रबारको कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४९ हजार ९ सय ८५ रुपैयाँ र प्रति १० ग्राम तेजावी सुनको मूल्य ४९ हजार ७ सय ७० रुपैयाँ कायम गरेको छ । साथै १० ग्राम चांदीको मूल्य ७ सय ४१ रुपियाँ ५० पैसा तोकेको छ ।