साताको पाचौ दिन बिहिबार सुनचाँदीको मूल्य बढेको छ। बुधबारको कारोबारमा प्रति तोला ५८ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ५ सयले बढेर प्रति तोला ५८ हजार ९ सयमा कारोबार भई रहेको छ ।
त्यस्तै तेजावी सुन प्रति तोला ५८ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। चांदी प्रति तोलामा २० रुपैयाँले बढेर ८ सय ९० रुपैयाँमा कारोबार भैरहेको छ।
नेपाल सुनचांदी ब्यबसायी महासंघले बिहिबारको कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ५० हजार ५ सय रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ५० हजार २ सय ८५ रुपैयाँमा कारोबार भईरहेको छ। त्यस्तै १० ग्राम चांदीको मूल्य ७ सय ६३ रुपियाँ कायम गरिएको छ।