Skip to content
LAXMI SUNRISE BANK

शुक्रबारको कारोबारमा सुनचाँदीको मूल्य स्थिर

अर्थ सरोकार

शुक्रबारको कारोबारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ। बिहिबार तोलामा ५ सयले बढेर प्रति तोला ५८ हजार ९ सयमा कारोबार भएको सुनको मूल्य शुक्रबार भने स्थिर रही सोहि मूल्यमा कारोबार भईरहेको छ। त्यस्तै त्यस्तै तेजावी सुन प्रति तोला ५८ हजार ६  सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

बिहिबारको कारोबारमा चांदी प्रति तोलामा २०  रुपैयाँले बढेर ८ सय ९०   रुपैयाँमा कारोबार भएको थियो भने शुक्रबार सोहि मूल्यमा कारोबार भईरहेको छ।

नेपाल सुनचांदी ब्यबसायी महासंघले शुक्रबारको कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ५० हजार ५ सय रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ५० हजार २  सय ८५  रुपैयाँमा कारोबार भईरहेको छ। त्यस्तै १० ग्राम चांदीको मूल्य ७ सय ६३ रुपियाँ  कायम गरिएको छ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK