साताको दोस्रो दिन सोमबार सुनचाँदीको मूल्य बढेको छ। आइतबारको कारोबारमा प्रति तोला ५८ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा २ सयले बढेर प्रति तोला ५८ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ।
त्यस्तै तेजावी सुन प्रति तोला ५८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ। चांदी प्रति तोलामा १० रुपैयाँले बढेर ८ सय ६५ रुपैयाँमा कारोबार भैरहेको छ।
नेपाल सुनचांदी ब्यबसायी महासंघले सोमबारको कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४९ हजार ९ सय ८५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४९ हजार ७ सय ७० रुपैयाँमा कारोबार भईरहेको छ। त्यस्तै १० ग्राम चांदीको मूल्य ७४१ रुपैयाँ ५० पैसा कायम गरिएको छ।