
प्रधानमन्त्री निकट व्यापारी अजेय सुमार्गीको गैरकानुनी विदेशी लगानीको अर्बौ रकम फुकुवा गर्ने तयारी भइरहँदा केन्द्रीय बैंकले साँधेको मौनता एकातिर छ । अर्कोतिर हालै पारित राष्ट्र बैंक ऐनमा अनावश्यक दफा थपेको सन्दर्भमा भयंकर आलोचना भएको छ । संसदमा विचाराधीनय बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन वाफियाको संशोधनलाई लिएर अर्थ समितिमा पूर्वगभर्नर र पूर्वअर्थमन्त्रीले सांसदसँग चर्काचर्की सुरु गरेका छन् । तर राष्ट्र बैंक नेतृत्व टाउको लुकाउने उपायको खोजीमा मात्र देखिएको छ ।
यस्ता अवस्थामा गभर्नर चिरञ्जीबी नेपालचाहिँ बैंकले मासिक एक लाख भाडामा लिएको घरमा सोनीको आधुनिक थ्रीडी टेलिभिजन जोडेर थ्रीडी चस्मा लगाई हलिउडको फिल्म हेर्नमै मस्त छन् । बैंकको खर्चमा झन्डै डेढ लाखको टेलिभिजन र थप ३० हजारको चस्मा किनेर नेपाल गत सातादेखि महाराजगञ्जको निवासमा मस्त देखिएका छन् । यसअघि बैंकले निवासमा सम्पूर्ण सुविधासहित दुईवटा नयाँ गाडी, २४ सै घण्टा चार जना सुरक्षाकर्मी, दुई जना प्रहरीको व्यवस्था गरेको थियो ।
- जनआस्था साप्ताहिककबाट
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्