×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिन्दुराष्ट्र फर्काउन भारतीय धर्मगुरु राहुलेश्वरानन्द र पूर्वराजाबीच निर्मल निवासमा गोप्य भेट

LAXMI SUNRISE BANK

हिन्दुराष्ट्र फर्काउन भारतीय धर्मगुरु राहुलेश्वरानन्द र पूर्वराजाबीच निर्मल निवासमा गोप्य भेट

१३ आश्विन २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – पछिल्लो समय सामाजिक जनसम्पर्कमा क्रियासिल रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले प्रशिद्ध भारतीय धर्मगुरु स्वामी राहुलेश्वरानन्दसँग गोप्य भेटवार्ता गरेका छन् । तीन दिने नेपाल भ्रमणमा आएका धर्मगुरु राहुलेश्वरानन्द र पूर्वराजा ज्ञानेन्द्र शाहबीच निर्मल निवासमा एक घण्टा लामो छलफल भएको छ ।

भेटमा धर्मगुरु राहुलेश्वरानन्दले सन् २०१८ सम्म नेपालमा हिन्दुराष्ट्र र संबैधानिक राजतन्त्र फर्किने बताएको शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतले जनाए । ‘स्वामी गोरखनाथ र पृथ्वीनारायण शाहबीच भएको भेटले नेपाललाई एकीकरण गरायो’ बस्नेतले भने ‘स्वामी राहुलेश्वरानन्द र ज्ञानेन्द्र सरकारबीचको भेटले हिन्दुराष्ट्र र संबैधानिक राजतन्त्र फर्काउछ ।’

पूर्वराजा र स्वामी राहुलेश्वरानन्दबीच संबैधानिक राजतन्त्र भन्दा हिन्दुराष्ट्रका बिषयमा धैरे कुरा भएको थियो । हिन्दुराष्ट्रका पक्षमा वकालत गर्दै आएका स्वामी राहुलेश्वरानन्दले दुई बर्षअघि पशुपतिमा गरीव एक सय नेपाली जोडीको सामुहिक विवाह गराएका थिए । विनाशकारी भूकम्पमा पनि उनले ठुलो राहत सहयोग गरेको बस्नेतले बताए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग अत्यन्त राम्रो सम्बन्ध भएका राहुलेश्वरानन्द मुम्बईको बयोधावाडामा बस्ने गरेका छन् । नेपालका हिमालमा बसेर लामो तपस्या गरेका राहुलेश्वरानन्द नेपाली समाज र भौगोलका बिषयमा राम्रो जानकारी राख्ने गर्दछन् ।

नेपाल भ्रमणमा रहेका बेला राहुलेश्वरानन्दले उद्योगि ब्यापारी, राजनीतिज्ञ र पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेटेका थिए । उनले नेपाललाई हिन्दुराष्ट्र बनाउन सवैसँग आग्रह गरेको बस्नेतले वताए । पछिल्लो समय उनी नेपाललाई हिन्दुराष्ट्र बनाउन क्रियासिल भएका छन् ।

  •  एस काठमाडौं 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी