Skip to content
LAXMI SUNRISE BANK

एशियाली शासकहरु हतियार खरिदको होडमा, भारतले ल्याउदै राफेल विमान

अर्थ सरोकार

काठमाडौं – विश्वमा जनसंख्याको ठूलो हिस्सा गरिवि र अभावमा भएपनि शासकहरुको दिमागमा विश्वयुद्धको भुत सवार छ । उनीहरुलाई दोस्रो विश्वयुद्धमा मारिएका झण्डै ३ करोड मानिसहरुप्रति कुनै करुणा र संवेदना छैन । थप मानिसहरुको कत्लेआमका लागि आणविक अस्त्र देखि लडाकु विमान, सेना र वन्दोवस्तीका सामानहरु खरिद विक्रिका लागि यो समय निकै व्यस्त वनाइएको छ । यसको सुरुवात भारत र अमेरिकाले गरे ।
पहिलो पटक दुई देशवीच लेअमो सम्झौता भयो र आज शुक्रबार पनि भारतले ३६ लडाकु विमान खरिद गर्ने सम्झौतामा फ्रान्ससंग हस्ताक्षर गर्यो । ७.८७८ अर्व युरोमा फ्रान्सका रक्षामन्त्री ज्यां यिव्स ली ड्रायनको उपस्थितीमा भारतले सम्झौतामा हस्ताक्षर गरेको हो ।
फ्रान्स र भारतवीचको सम्झौता अनुसार आगामी ३६ महिना भित्र भारतले राफेल विमान ल्याउन सुरु गर्ने छ र सम्झौताको ६६ महिनाभित्र सवै सवै राफेल विमानहरु भारत ओर्लिसक्ने छन् । त्यसैगरि पछिल्लो समय दक्षिणी चीन सागरमा संयुक्त सैन्य अभ्यासमा पनि अमेरिका, जापान र भारत देखिए । त्यसपछि विस्तारै एशियाली क्षेत्र तनावपूर्ण अवस्थामा धकेलिन थालेको आभास भएको हो ।
पछिल्ला दिनहरुमा भारत र अमेरिकी सेनाको चीन वोर्डर नजिकै रानीखेतमा भएको संयुक्त सैन्य अभ्यास, पाकिस्तानले रुस संग गर्न थालेको संयुक्त सैन्य अभ्यास, पाकिस्तानले चीनबाट ल्याउने भनिएका ठूला पानी जहाज, रुसबाट ल्याउने भनिएका फाईटर विमान सवै सम्झौताहरु हेर्दा जनताको रोटी भन्दा पनि एशियाली शासकहरु वुलेट किन्ने होडवाजीमा छन् । एशियामा तनाव र युरोपमा लामो समयदेखि विक्रि नभएका हतियारहरु अव विक्रि हुने दिनहरुको सुरुवात गरिदै छ ।
  • एसियन समाचार 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK