×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाललाई हिन्दू राष्ट्र बनाउन एकता आवश्यकः कमल थापा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

नेपाललाई हिन्दू राष्ट्र बनाउन एकता आवश्यकः कमल थापा

Artha Sarokar

३० भाद्र २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

परासी – पूर्व उपप्रधानमन्त्री एवं राप्रपा नेपालका अध्यक्ष कमल थापाले हिन्दू धर्म सापेक्ष नेपाल हुनुपर्नेमा जोड दिनुभएको छ । थापाले बहुसंख्यामा रहेका हिन्दूहरुको भावनालाई आत्मसात गर्दै हिन्दु राष्ट्र घोषणा गर्नुपर्नेमा जोड दिए ।
नवलपरासीको बर्दघाटमा बिश्व हिन्दू महासंघ राष्ट्रिय समितिद्धारा आयोजित धार्मिक सम्मेलनमा बोल्दै थापाले विश्बको एक मात्र हिन्दु राष्ट्र नेपाललाई वैदेशिक शक्तिको आडमा धर्म निरपेक्ष बनाइएको आरोप लगाए ।

नेता थापाले ६२-०६३ को जनआन्दोलनमा माग नै नरहेको बिषयलाई उठाएर बैदेशिक चलखेलमा धर्मनिरपेक्ष नेपाल दावी गरेका थियो । कुनैपनि शास्त्रमा कसैलाई कुनै समुदायलाई अल्ग्याउने उल्लेख नभएको भन्दै छुवाछुत प्रथाको अन्त्य गर्नमा लाग्नुपर्नेमा जोड दिए ।
उनले हिन्दू राष्ट्र बनाउने अभियान एकजुट भएर सशक्त रुपमा लाग्न सबैलाई आग्रह समेत गरे । सो सम्मेलनले सनातन हिन्दु धर्म संरक्षणमा टेवा पुराउने उनको  विश्वास छ ।

त्यस्तै कार्यक्रममा धार्मिक ब्यक्तित्वहरु शास्त्रदत्त पन्त,लक्ष्मण थापा,पदम बहादुर सापकोटा, रामचन्द्र अधिकारी, भरतराज पौडेल, दीन बन्धु अर्याल, डा.माधब राज भट्टराईलगायतले बोल्दै हिन्दु राष्ट्र नेपाल घोषणा गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा देशैभरका सनातन हिन्दु धर्म सम्बद्ध धार्मिक ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी