
- कृष्णा चौलागाईं / अर्थ सरोकार डटकम
काठमाडौँ – नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान) को सातदोबाटोस्थित मुख्य कार्यालयमा नेपाल बंगलादेश बैंक लिमिटेडको एक्सटेन्सन काउन्टर खुलेको छ । यस काउन्टर खुलेसँगै अव विद्यार्थी तथा आइक्यानका सदश्यहरुले आइक्यानकै काउन्टरबाट आइक्यानलाइ तिर्नुपर्ने शुल्क तिर्न सक्ने भएका छन् ।आज एक विशेष कार्यक्रमकाबीच उक्त काउन्टरको उद्घाटन गरिएको छ । कार्यक्रममा बैंकका सीइओ ज्ञानेन्द्र ढुंगाना, आइक्यानका अध्यक्ष महेश खनाल, उपाध्यक्ष प्रकाश थापा लागायतको उपस्थिति थियो ।
अर्थ सरोकारसँग कुराकानी गर्दै बैंकका प्रमुख बीत्त अधिकृत एवम् आइक्यानका पार्सद सिए सुरेश देवकोटाले विद्यार्थीहरुलाई सहज होस् भनी आइक्यानसँग मिलेर बैंकले यसखाले प्रयास गरेको बताएका छन् । ‘विद्यार्थीहरुलाई सहज होस् भनी गरिएको यो एउटा सानो प्रयास हो । आइक्यानमा काउन्टर स्थापना , क्याप टु उतीर्णलाइ शैक्षिक कर्जाको व्यवस्था लगायतका विभिन्न कामहरु गरिरहेका छौं। ‘ विद्यार्थीलाइ फाइदा हुने अन्य केहि कामहरुबारे पनि हामी सोचीरहेका छौं। ‘ देवकोटाले भने ।

काउन्टरको उद्घाटनपछी बैंकका सीइओ ज्ञानेन्द्र ढुंगानाले परीक्षाको समयमा थप कर्मचारी समेत खटाइ विद्यार्थीहरुलाई सेवा दिन बैंकका कर्मचारीहरुलाई निर्देशन दिएका छन् भने दशैंको समयमा केहि नयाँ नोटहरु पनि काउन्टरबाट उपलब्ध गराउन निर्देशन दिएका छन् ।
साथै आजनै आइक्यान र नेपाल बंगलादेश बैंकबीच क्याप टु उतिर्ण गरेका विद्यार्थीहरुलाई ३ लाखसम्मको कर्जा उपलब्ध गराउने सम्झौता पत्रमा समेत हस्ताक्षर गरिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्