×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लडाई काश्मिरमा तनाव सीमाक्षेत्रका नेपालीलाई

LAXMI SUNRISE BANK

लडाई काश्मिरमा तनाव सीमाक्षेत्रका नेपालीलाई

१४ आश्विन २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

 

काठमाडौं – भारत–पाकिस्तानको अवस्था तनावपूर्ण र युद्धको संघारमा जस्तै छ । तर नेपालको सीमा क्षेत्रका नेपालीलाई भारतीय सीमा सुरक्षावलका जवानहरुले अनावश्यक तनाव दिन थालेको गड्डाचौकी र गौरीफन्टाका स्थानियले वताएका छन् ।
उपर से हमे अलर्ट रहनेका आदेश है भन्दै भारतीय एस एस वि ले नेपालबाट भारत प्रवेश गर्ने सोझा साझा नेपाली नागरिकमाथिको खान तलासी तिव्र पारेको छ । रोजीरोटीका निम्ती भारत जाने नेपाली र चाँडवाडको वेला सामान खरिदका लागि जाने आईमाई केटाकेटी देखि सर्वसाधारणलाई एस एस वी ले तनाव दिएको उनीहरुको गुनासो छ ।
नेपाली सुरक्षा स्रोतले पनि यस कुरालाई पुष्टी गर्दै भारतीय एस एस वी ले सुरक्षाको कारण देखाउँदै दुई देशको सीमा क्षेत्रमा पेट्रोलिङ् समेत सुरु गरेको वताएको छ । यद्यपि उडि आक्रमण पछि आफ्नो देशको सीमा क्षेत्रमा सतर्कता वढाउनुलाई अन्यथा रुपमा लिन नमिल्ने सुरक्षा स्रोतको भनाई छ ।

तर नेपालको वाटो हुँदै आतंकवादीहरु भारत प्रवेश गर्छन भन्ने भारतीयहरुको विगत लामो समयदेखिको तर्कसंग भने सहमत हुन नसकिने एक सुरक्षा अधिकारीले वताए । ति सुरक्षा अधिकारीका अनुसार नेपाल र पाकिस्तानको सीमा जोडिएको छैन पाकिस्तानी वा पाकिस्तानमा रहेको आसंका गरिने आतंकवादीहरु नेपाल प्रवेश गर्नुपूर्व भारतकै वाटो भएर आउनुपर्ने हुन्छ ।
विशेषगरि टनकपुर सीमा नाकामा भारतीय पक्षले २४ घण्टे सुरक्षा एलर्ट रहन निर्देशन गरेको खवर आफुहरुकहाँ पुगेको सुरक्षा स्रोतले जनाएको छ । वनवासामा भारतीय एफ कम्पनी कमाण्डर एस आई जगदीश प्रसाद र डी कम्पनी कमाण्डर कलजी सोढाको नेतृत्वमा भारतीय सुरक्षाकर्मीले पेट्रोलिङ सुरु गरेको वताइएको छ ।
  • एसियन समाचार
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी