×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाललाई धर्म संकटः भारतको पक्षमा उभिने कि पाकिस्तानको पक्षमा ?

LAXMI SUNRISE BANK

नेपाललाई धर्म संकटः भारतको पक्षमा उभिने कि पाकिस्तानको पक्षमा ?

१३ आश्विन २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ –  भारत र पाकिस्तानबीचको विवादले दक्षिण एसियाली सहयोग संगठन (सार्क) को १९ औं शिखर सम्मेलन सहभागिताको बिषयमा नेपालले कसको पक्षमा मत राख्ला भन्ने बिषयले अहिले चर्चा बटुलेको छ ।
भारतलाई पछ्याउँदै सार्क सदस्य राष्ट्रहरु भुटान, बंगलादेश र अफगानिस्तानले सम्मेलनमा सहभागी नहुने घोषणा गरेका छन् ।
नेपालमा दुई वर्षअघि सम्पन्न १८ औं सार्क शिखर सम्मेलनले १९ औं सम्मेलन पाकिस्तानको इस्लामावादमा गर्ने निर्णय गरेको थियो ।
पाकिस्तानमा हुने सम्मेलनमा भारत सहभागी नहुने भएपछि सार्कको अध्यक्षता गरिरहेको देश नेपालले के गर्ला भन्नेमा धेरैको ध्यान तानिएको छ । सार्कको बडापत्रअनुसार आवद्ध कुनै देश सहभागी नभए सम्मेलन नै नहुने प्रावधान रहेको छ । 
परराष्ट्र मन्त्रालयका जानकारहरु छिमेकीबीच विवाद हुने कुरालाई लिएर सम्मेलन रोक्न नहुने बताउँछन् ।
नेपालले भने यसबारे अहिलेसम्म औपचारिक धारणा सार्वजनिक गरेको छैन । परराष्ट्र मन्त्रालय श्रोतका अनुसार मन्त्री डा. प्रकाशशरण महत संयुक्त राष्ट्रसंघको महासभाबाट फर्केपछि यस विषयमा छलफल हुनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी