
पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफले भारत शान्तिको बाधक भएकाले कश्मिरमा हिँसा बढेको बताएका छन। संयुक्त राष्ट्र संघको ७१ औ महासभालाई सम्बोधन गर्ने क्रममा सरिफले पाकिस्तान सदैब भारतसंग शान्ति चाहेको तर भारतले अस्वीकार्य शर्तहरु राख्दै आएकाले समस्या उत्पन्न भएको आरोप लगाएका छन।
संयुक्त राष्ट्रसंघ महासभालाई सम्बोधन गर्ने क्रममा कश्मिर मुद्दामा पाकिस्तानका प्रधानमन्त्री सरिफले जोडदार अपिल गरेका छन। यहि क्रममा उनले भारतको रवैया र कास्मिर र त्यहाँको जनताप्रति गरिएको व्यवहारको खुलेर बिरोध गरेका छन।
‘काश्मिरका जनताहरु खाश गरि पछिल्ला युवा पिढीहरु भारतको गैरकानुनी कब्जाको बिरोधमा खुलेर लागेका छन’ उनले भने। काश्मिर मुद्दाबारे शान्ति वार्ता दुवै देशको हितमा रहेको बताउदै उनले यसबारे भारतलाई संबेदनशिल हुन आग्रह गरे।
भारतका सेनाहरुले सयौं काश्मिरी जनताहरुलाई निर्ममतापुर्वक हत्या गरेको र यो मानबअधिकार बिरुद्द रहेको बताउदै सरिफले यस बारे भारतीय सेना बिरुद्द कदम उठाउन अन्तराष्ट्रिय समुदायसंग अपिल गरेका छन। भारतको पछिल्लो आक्रमणमा काश्मिरमा १०० भन्दा बढी मारिएका छन् भने शटगन प्लेटको कारण कश्मिरका सयौं बालबालिका र महिलाहरुको दृश्य शक्ति गुमेको छ।
संयुक्त राष्ट्र संघले भारतीय सेनाको काश्मिरी जनता माथि गरेको कारबाही बिरुद्द बोल्नु पर्ने बताउदै सरिफले महासचिब वान कि मुनको प्रस्तावलाई स्वागत गरेका छन। ‘कश्मिरमा सुरक्षा परिषदको प्रस्ताव लागू गर्न हामी सुरक्षा परिषदका सदस्यसंग छलफल गर्न तयार छौ’ सरिफले भने। सरिफले एसियाको बढ्दो तनावलाई अन्तर्राष्ट्रिय समुदायले बेवास्ता गरेको पनि आरोप लगाए।
- बिजपाटी
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्