
कश्मिरको उरीमा १८ जना सैनिकको ज्यान जानेगरी आतंकवादी हमला भएपछि भारत – पाकिस्तानबीच तनाव चुलिँदो छ।
अब यी दुई देश सामान्य कुरामा पनि एकअर्कालाई शंका गर्न थालेका छन् । यी दुई देशको पछिल्लो गतिविधि हेर्दा युद्ध सुरु भइसकेको छ, मात्र गोली चल्न बाँकी छ ।
दुई देशको तनाव चुलिएका बेला एउटा सेतो रंगको परेवाले भारतका जासुसी निकाय र सुरक्षा अधिकारीहरुको होस उडाएको छ ।
दुई देश युद्ध छेड्न तम्तयार रहेका बेला भारतको पञ्जाव प्रान्तस्थित होसियारपुरमा शुक्रबार एउटा सेतो रङ्गको परेवा भारतीय सुरक्षा निकायका अधिकारीले पक्रेका छन् । समाचार अनुसार यो परेवाको पखेँटामा उर्दु भाषामा केही शब्द लेखिएको छ । पञ्जाव पुलिसले यो परेवा पाकिस्तानबाट आएको शङ्कामा पक्रेर अनुसन्धान अघि बढाएको छ ।
यसबारेमा पञ्जावको मुकेरियानका डीएसपी भूपिन्दर सिंहले जानकारी दिँदै पक्रिएको परेवाको पखेँटामा केही अङ्क र शरीरमा उर्दु भाषामा केही लेखिएको पुष्टि गरेका छन् ।
पञ्जाब पुलिसले परेवाको पखेँटामा लेखिएको नम्बर कसैको मोबाइल फोन नम्बर हुन सक्ने जनाएको छ। भारतीय पुलिसले यी अक्षरमार्फत पाकिस्तानले गोप्य सन्देश पठाएको हुन सक्ने अनुमानका आधारमा अनुसन्धान तीब्र पारेको हो ।
ती डीएसपीका अनुसार उर्दुमा लेखिएको अक्षरलाई हिन्दीमा अनुवाद गर्दा आइतबार, बुधवार र शुक्रवार लेखिएको बताए । पञ्जाब पुलिस यस मामिलाको अहिले जाँच गरिरहेको छ । सूत्रका अनुसार पञ्जाब पुलिसले जाँचबाट पाइएको सूचना सेनालाई जिम्मा लगाएको छ ।
मुम्बईमा सन्दिग्ध मानिस पसेको खबरपछि पञ्जावमा शंकास्पद अवस्थामा परेवा भेटिँदा भारतीय सुरक्षानिकायको चिन्ता बढाएको छ।
भारतीय सुरक्षा एजेन्सिीले चिप या क्यामरा राखिएको हुन सक्ने शंकामा परेवाको एक्स रे स्क्यान पनि गराए । पाकिस्तानी मिडियाले भने एक परेवाको स्क्यान गराएकोमा भारतीय सुरक्षा एजेन्सीलाई हाँसीमजाकमा उडाएका छन् ।
भारतीय मिडियालाई हवाला दिँदै पाकिस्तानको जियो न्युजले लेखेको छ, ‘उरी हमलापछि बिचरा परेवालाई भारतीय सेनाले आतंकवादीको षड्यन्त्रमा प्रयोग भएको ठानेर एक्स रे स्क्यानसम्म गराएछ ।’
पञ्जावको होसियारपुरको मोटला गाउँमा बस्दै आएका नरेश कुमारको घरमा यो परेवा बसेको अवस्थामा भेटिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।नरेशले यो परेवालाई नजिकबाट हेर्दा शरीरमा उर्दु भाषामा केही लेखेको पाइएपछि यस कुराको जानकारी पञ्जाव पुलिसलाई गराएका थिए । अहिले यो परेवा पञ्जाव पुलिसको नियन्त्रणमा रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्