×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धरौटी तिर्न नसक्दा ६ वर्षीय बालक जेलमा !

LAXMI SUNRISE BANK

धरौटी तिर्न नसक्दा ६ वर्षीय बालक जेलमा !

३ आश्विन २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – मानव बेचविखन तथा ओसारपसार मुद्दामा कारागार चलान भएको एक महिला २० हजार धरौटी रकम तिर्न नसक्दा ६ वर्षीय छोरासहित जेलमा बस्न बाध्य भएकी छिन् ।
नवलपरासी कावासोती घर र लमजुङ विचौर माइती बताउने ३५ वर्षीय सुकमाया मिजारसँगै उनका ६ वर्षीय छोरा सुजन मिजार जेलमै बस्न बाध्य भएका हुन् ।
लमजुङ जिल्ला अदालतले २०७३ भदौ ८ गते उनीमाथि लागकेको मानव बेचविखा तथा ओसारपसार मुद्दामा २० हजार रुपैयाँ धरौटी तिर्न आदेश दिएको थियो ।
उक्त रकम जुटाउन नसकेपछि उनी छोरासहित जेल परेकी हुन् । आमासँगै जेलमा बस्दा सुजनको पढाइ प्रभावित भएको छ ।
बालबालिकालार्इ जेलमा राख्न नपाउने प्रावधान भए पनि उनको उद्धारको लागि बालबालिकाका क्षेत्रकमा काम गर्ने सरकारी तथा गैरसरकारी निकायबाट भने खासै चासो देखाइएको छैन ।

  • अन्नपूर्ण पोस्टबाट
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी