
- अर्थ सरोकार सम्बाददाता
जनकपुरधाम – धनुषा जिल्लाका ग्रामीण क्षेत्र र सदरमुकाम जनकपुरका सडकहरुको सुधार र स्तरबृद्धिका लागि भनेर सरकारले वार्षिकी गरेको अर्बौं रुपैयाँको लगानी प्रभावकारी बन्न सकेको छैन ।
सरकारले जनताको सुविधाका लागि भनेर धनुषामा पठाइएको बजेट सम्बन्धित कार्यलय र व्यक्तिको गैरजिम्मेवारीका कारण सहि उपयोग हुन नसकेको हो । जिल्ला विकास समिति धनुषा, हुलाकी राजमार्ग आयोजना योजना कार्यालय जनकपुर, सडक डिभिजन कार्यालय जनकपुर, शहरी विकास तथा भवन कार्यालय, जनकपुुर उपमहानगपालिका सहितका कार्यालयले सडकको सुधार तथा निर्माणका लागि भनेर करोडौं रुपैयाँ खर्च गरेर विभिन्न योजनाहरु सञ्चालन गरिएका छन् ।
योजनाहरुको मापदण्ड अनुरुपको निर्माण, निरन्तर अनुगमन र उपभोक्ताहरुसँग समन्वय गर्न नसक्दा सर्वधारणलाई आवतजातमा कष्ट बेहोर्नु परिहेको स्थानिय रंजित चौधरी गुनासो गर्छन् ।
अर्बौं रुपैयाँ खर्च गरेर निर्माण, मर्मत गरिएका धनुषाका सदरमुकाम सहित ग्रामीण सडकहरु महीनौदेखि अवरुद्ध हुँदा समेत सम्बन्धित निकायको ध्यान जान नसक्दा चाडपर्वको समयमा सास्ती भोग्नु परेको स्थानीय बासिन्दाको गुनासो छ ।
धनुषाका जनकपुर – यदूकूहा, जनकपुर – कपटौल – तीनकौरिया हुँदै कमला नदिसम्म, जमुनिवास – कुसुमविसौना – शान्तिपुरकुर्था, जनकपुर – जटही, विरेन्द्र बजार – महिनाथपुर, पुष्पवलपुर – दिगम्बरपुर सहित अधिकांश ग्रामीण सडकहरु मर्मत हुन नसक्दा सिधा यातायातका साधनहरु सञ्चालन हुन सकेका छैनन् ।
जिल्लाको पूर्वी क्षेत्र मात्रै होईन, उत्तरी र दक्षिणी धनुषाको अवस्था पनि उस्तै रहको पाईएको छ । धनुषा जिल्लामा कच्ची सडक सुधारका लागि आर्थिक वर्ष २०७२ र ७३ मा करोडौं रुपैयाँ खर्च भएता पनि योजनाहरु प्रभावकारी हुन सकेका छैनन् । समयमै काम शुरु नहुने, कमसल निर्माण सामग्री प्रयोग र डुब्लिकेसनका कारण कतिपय योजनाहरु त अन्योलमा परेको सरोकारवालाहरुले बताएका छन् ।
जिविस धनुषा, सडक डिभिजन कार्यालय, शहरी तथा भवन डिभिजन कार्यालय, नगरपालिकाहरुले कमिसनका लागि ठेकेदार तथा उपभोक्ताहरुले गरेको काम र विल भरपाईको आधारमा भुक्तानी दिने गरेकाले यस्तो अवस्था आएको सरोकारवालाहरुको भनाई छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्