
काठमाडौँ – सार्वजनिक लेखा समितिले अनियमतिताको आरोपमा काम रोक्न निर्देशन दिएपछि दुई वर्षदेखि रोकिएको ३० मेगावाटको चमेलिया जलविद्युत आयोजनाको साँघुरिएको सुरुङको काम अघि बढाउन चिनियाँ कम्पनी सहमत भएको छ ।
जनार्दन शर्मा लेखा समिति सभापति रहेका बेला चमेलिया सिभिलतर्फको कार्यका लागि भेरियसनामा अनियमतितता भएको भन्दै भुक्तानी रोक्का गर्न निर्देशन दिएपछि सुरुङको काम अवरुद्ध भएको थियो । बिहीबार उर्जामन्त्री रहेका उनै शर्माको पहलमा भएको छलफलमा चिनियाँ कम्पनी सहमत भएको हो ।
उर्जा मन्त्रालयमा नेपाल विद्युत प्राधिकरण, सिभिल ठेकेदार मेजुवा वाटर एण्ड पावर ग्रसप कम्पनी तथा परामर्शदाता कम्पनी साह सिल्ट आइकनका प्रतिनिधिबीच भएको छलफलमा ३० सेप्टेमबरदेखि अवरुद्ध साँघुरिएको काम अघिबढाउन चिनियाँ कम्पनी सहमत भएको हो ।
- कारोबार दैनिकबाट
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्