
काठमाडौँ – विबेकशील नेपाल दल तथा अन्य युवाहरु माइतीघर मण्डलामा शनिबार बिहान भेला भई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अख्तियार दरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको सम्बन्धमाथि प्रश्न उठाउँदै प्रदर्शन गरिराखेका छन ।
प्रचण्ड – लोकमान सेटिङ, नागरिकलाई चिटिङ शीर्षकमा विवेकशील नेपाली दलले गरेको प्रदर्शनमा प्रधानमन्त्री प्रचण्ड र अख्तियार प्रमुख लोकमानसिंह कार्कीको मिलेमतोमा भ्रष्टचार र बेथती बढेको भन्दै विरोध प्रदर्शन गरिएको हो ।
प्रधानमन्त्री प्रचण्ड र प्रमुख आयुक्त कार्कीविरुद्धमा लेखिएको ब्यानर र प्लेकार्ड लिएर माइतीघरमा भेला भएका प्रदर्शनकारीहरुलाई वर्षाले बिथोल्यो। उनीहरु ब्यानर, प्लाष्टिक, छातामुनि ओत लागेका बस्न बाध्य बने। तर निरन्तर वर्षा भइरहेपछि प्रदर्शनकारीहरु ब्यानर, प्लाष्टिक र छाताको ओत लिएर मण्डलामा केही बेर नाराबाजी समेत गरेत गरेका थिए।
त्रिपालमा ओत लागेर बसेका केही प्रदर्शनकारीले त्यहीबाट आवाज निकाले ‘चारैतिर प्रष्टै छ, टंगाल–बालुवाटार भ्रष्ट छ।’ प्रदर्शनकारीले बोकेको प्लेकार्डमा राजनीतिक सिण्डिकेट अन्त्य गर, फाइल लुकाउनेलाई कारबाही गर, लोकमान प्रचण्ड सेटिङ, जनतालाई चिटिङ, दण्डहीनता अन्त्य गर लगायतका नारा लेखिएको थियो।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्