
काठमाडौँ – नेकपा (एमाले) भित्र संविधान संशोधन गर्नु हुँदैन भन्ने मत बलियो बन्दै गएको छ । सत्तासाझेदार दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले मधेसवादी दलको आग्रहमा संविधान संशोधन प्रक्रिया अघि बढाउने तयारी गरिरहेका बेला एमाले भने संशोधनको विपक्षमा बलियो गरी उभिएको छ ।
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले कुनै पनि हालतमा संविधान संशोधन गर्ने पक्षमा एमाले नरहेको सार्वजनिक रुपमै बताउँदै आएका छन् ।
एमालेका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले पनि ओलीकै जस्तो एमाले संविधान संशोधनका पक्षमा नरहेको सार्वजनिक अभिव्यक्ति दिएका छन् ।
उनले विराटनगर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै यथास्थितिमा एमालेले संविधान संशोधन गर्न नदिने बताएका छन् । संविधान कार्यान्वयन नगर्दै संशोधान गर्दा संविधान प्रतिगामी हुने उनको तर्क थियो । खनालले सरकार वाह्य पक्षको दबावमा परेर संविधान संशोधन गर्न लागेको पनि आरोप लगाए ।
‘मधेसका वहुसंख्यक जनताले संविधान स्वीकार गरेका छन्,’ उनले भने ‘अहिले संविधान संशोधान होइन, कार्यान्वयनको पक्षमा जानुपर्छ, एकाध केही मधेसीहरु असतुष्ट हुनु स्वभाविक हो ।’ हिमाल, पहाड, तराईलाई समेटर संविधान जारी भएको भन्दै खनालले कसैले भन्दैमा वा चाहँदैमा संशोधन नहुने जिकिर गरे ।
- पहिलो पोस्ट
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्