
काठमाडौं – प्रधानमन्त्री प्रचण्डले भारतको औपचारिक भ्रमण सुरू गर्दैगर्दा सत्तारुढ दल भारतीय जनता पार्टीका वरिष्ठ नेता भगतसिंह कोशियारीले कालापानी र लिपुलेकका विषयमा विवादास्पद अभिव्यक्ति दिएका छन् ।
भाजपा नेता कोशियारीले कालापानी र लिपुलेकबारे नेपालीहरूलाई धेरै चासो नरहेको भन्दै सीमित व्यक्तिले मात्र अनावश्यक बिबाद उठाउने गरेको उनले बताए ।
नेपालवाणी रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग बिहीबार बिहान कुरागर्दै भाजपा नेता कोश्यारीले कालापानी र लिपुलेकबारे ९० प्रतिशत नेपाली जनतालाई थाहा नभएको दाबी गरे । ‘९० प्रतिशत नेपाली जनतालाई कालापानी र लिपुलेकबारे थाहा छैन’, उनले भने, ‘धेरै नेपालीले त्यो स्थान देखेका पनि छैनन् ।’
प्रधानमन्त्री दाहालको भारत भ्रमणमा गएकै बेला लिपुलेक र कालापानी बारे भारतीय सत्तारुढ दल भाजपाका वरिष्ठ नेताले यस्तो विवादास्पद अभिव्यक्ति दिनु अर्थपूर्ण रहेको देखिन्छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्