
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – ग्राहकहरु सामान किन्नको लागि सस्तो र राम्रो पसललाई छनोट गर्ने गर्दछन् । दशै नजिकिदै गर्दा गत शनिबारदेखि सरकारले सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ । तर यस्ता सुपथ मूल्य कहलिने पसलहरुमा नै कम तौलको सामान भेटिएको छ ।
दुई हप्तादेखि रोकिएको बजार अनुगमन मङ्गलबारदेखि विभागले पुनःतीव्र पारेको छ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले बुधबार गरेको अनुगमनका क्रममा साल्ट टेडिङले जावलाखेलमा राखेको पसलमा दुई किलोको चिनीको प्याकेटमा २० ग्राम कम भेटेपछि विभागले सामान तौलेर मात्र बिक्री वितरण गर्न निर्देशन दिएको छ ।
विभागले आज १७ वटा पसलमा अनुगमन गरेको छ । विभिन्न स्थानका खाद्य पसलमा गरिएको अनुगमनमा नापतौल मेसिन नभएको, मिति नाघेको खाद्य सामग्री भेटिएको, लेबल नभएको र सरसफाइ नभएको हुदा
श्री पसलमा सेजवाल डिपार्टमेन्टल स्टोर जावलाखेल, भाटभटेनी सुपर स्टोर बौद्ध, मेघा मार्ट खुमल्टार, श्री राम स्टोर खुमल्टारलाई मिति सकिएको सामग्री बिक्री वितरण रोकी नापतौल मेसिन राख्न निर्देशन दिइएको छ ।
विभागका निर्देशक लक्ष्मण श्रेष्ठका अनुसार अनुगमनका क्रममा दर्ता नगरी सञ्चालन गरेका, सरकारले तोकेअनुसारको मूल्यसूची नराखेको र सरसफाइ नगरेको भन्दै श्री पोखरा फार्मेसी गोँगङ्बु, आमिन फार्मेसी गोँगङ्बु, कामना फार्मेसी गाँङ्गङ्बु, युनिभर्सल फार्मेसी टोखा, श्री जय माँ लक्ष्मी मेडिकल हल टोखा, गोसाइँकुण्ड स्वास्थ्य सेवा केन्द्र गोँगङ्बु, श्री पाटन ओम पोलिकिल्निक लगनखेल, फेमेली माइल डेन्टल केयर सेन्टल लगनखेललाई मूल्यसूची राख्न, दर्ता गरी सञ्चालन गर्न निर्देशन दिएको छ ।
साथै बाजेको सेकुवा प्राली बत्तिसपुतली, बाजेको सेकुवा प्राली सिनामङ्गल, श्री बाजेको सेकुवा, कमलपोखरीलाई सरसफाइ गरी पसल सञ्चालन गर्न निर्देशन दिइएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्