Skip to content
LAXMI SUNRISE BANK

युवा डे इन्टरनेसल एसोसियसनमा भाग लिन रापप्राका अध्यक्ष थापा जापान

अर्थ सरोकार

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा शुक्रबार जापान प्रस्थान गरेका छन । जापानस्थित युवा डे इन्टरनेसनल एसोसिएसनद्वारा आयोजना हुने कार्यक्रममा सहभागी हुन अध्यक्ष थापा गए राति करिब ११ बजे त्यसतर्फ प्रस्थान गरेको पार्टीका प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिए। 
नेपाल तथा जापानको दौत्य सम्बन्ध कायम भएको ६० वर्ष पुगेका उपलक्ष्यमा सो कार्यक्रम गर्न लागिएको हो। उक्त कार्यक्रममा अध्यक्ष थापाले दुई देशबीचको सम्बन्धबारेमा सम्बोधन गर्नेछन्।
त्यसैगरी पार्टी निकट ओभरसिज नेपाल अर्गनाइजेसनको यही असोज १० गते हुन लागेको छैटौँ महाधिवेशनमा उनी प्रमुख अतिथिका रुपमा सहभागी हुनेछन्। उनी यही असोज १४ गते स्वदेश फर्कने कार्यक्रम छ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK