×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

खस्केकै हो त कान्तिपुर टेलिभिजन ? आर्थिक कार्यक्रम ‘मार्केट वाच’मा देखियो यस्तो बेइज्जती पारा ! (हेर्नुहोस् प्रमाण)

PRIME CA

खस्केकै हो त कान्तिपुर टेलिभिजन ? आर्थिक कार्यक्रम ‘मार्केट वाच’मा देखियो यस्तो बेइज्जती पारा ! (हेर्नुहोस् प्रमाण)

१८ भाद्र २०७३, शनिबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – कान्तिपुर टेलिभिजन । चलेको भनिएको एउटा ब्राण्ड । तर पछिल्लो समय कान्तिपुर टेलिभिजनको गुणस्तर खस्किएको भन्ने चर्चा चलिरहेका बेला कान्तिपुर टेलिभिजनको एउटा बेइज्जतीलो तथ्य बाहिरिएको छ ।

आफुलाई ब्रान्डेड भन्न रुचाउने कान्तिपुर टेलिभिजनले अरु टेलिभिजन वा टेलिभिजन कार्यक्रमले प्रयोग गरीसकेका विभिन्न कार्यक्रमहरुको सिग्नेचर ट्युन जस्ताको त्यस्तै सारेर बेज्जतीलो काम गरेको छ । यो काम अरु सामान्य टेलिभिजनले गरेको भए ठुलो कुरा हुन्नथियो होला । तर कान्तिपुरले गरेको यस्तो कार्यले कान्तिपुर खस्किंदो दिशातर्फ छ भन्ने बुझ्न गाह्रो नभएको सरोकारवालाहरुको भनाइ छ ।

हुन त कान्तिपुर टेलिभिजनको कार्यक्रम मार्केट वाचमा प्रयोग भएका अधिकांस धुनहरु युट्युबबाट कपि पेष्ट नै भएका छन् । उदाहरणका लागि हामी तपाईंलाइ उक्त कार्यक्रममा प्रयोग भएको मुख्य धुनबारे भन्दैछौं । 

एक पटक कान्तिपुर टेलिभिजनमा प्रशारित कार्यक्रम मार्केट वाचको यो प्रोग्राम आइडीमा प्रयोग भएको धुन  (० :२४ सेकेन्डदेखि) सुन्नुहोस् त :   
यो कान्तिपुर टेलिभिजनले आफैं सिर्जना गरेको धुन होइन । यो त एक विदेशी विद्यार्थीले बनाएको धुन हो । यसको ‘अरिजिनल’ भर्जन सुन्नुहोस् :  
हुन त युट्युबमा भएको टिभीले सार्यो र राख्यो भन्ने कुरा ठुलो नहुन सक्छ । तर कान्तिपुर टेलिभिजन जस्तो आफुलाई ब्रान्डेड भन्न रुचाउने टेलिभिजनले नै यस्तो गर्नुचाहिं मुर्खता नै भएन र भन्ने बहस सरोकारवालाबीच चल्न थालेको छ । अझ दुखलाग्दो कुरा त कान्तिपुरले पहिलो पटक नेपालमा यो धुन प्रयोग गरेको होइन । यस अघि सागरमाथा  टेलिभिजनबाट प्रशारण हुने कार्यक्रम सिए सरोकारले पहिलो पटक यो धुनलाइ प्रयोग गरेको थियो । (हेर्नुहोस ० :३७) पछि कान्तिपुरको कार्यक्रममा नै यो धुन आउन थालेपछि उक्त कार्यक्रमले उक्त धुन आफ्नो कार्यक्रमबाट हटाएको थियो ।     
कुनै मिडिया हाउसले बनाएको एउटा टेलिभिजन कार्यक्रमसम्म त ठिक नै थियो, बिराटनगरबाट प्रशारण हुने चर्चित कार्यक्रम साझा सरोकारले समेत यो धुन प्रयोग गरेर आफ्नो आइडी बनाइसकेको थियो । तर कान्तिपुरले सबैको हेरेर यहि चाहिन्छ भन्ने शैलीमा आफ्नो कार्यक्रम आफैं झुर बनाएको छ ।
(हेर्नुहोस् हिमशिखर टेलिभिजनले आफ्नो कार्यक्रममा प्रयोग गरेको आइडीको धुन)  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: