×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काठमाडौंमा मात्रै पच्चीस लाख कर उठ्न बाकी

LAXMI SUNRISE BANK

काठमाडौंमा मात्रै पच्चीस लाख कर उठ्न बाकी

१२ आश्विन २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बतदाता 

काठमाडौँ – काठमाडौँ महानगरपालिका भित्र रही सञ्चालन हुँदै आएका ११ वटा चलचित्र घरले मनोरञ्जन कर नतिर्दा २५ लाख बक्यौता बाँकी छ ।हालसम्म काठमाडौँ महानगरपालिकाअन्तर्गत रही सञ्चालन भएका चलचित्र घर ११ वटा छन् । तीमध्ये छ वटाको आफ्नै भवन रहेको छ भने पाँच वटा भाडाका रहेका छन् । सञ्चालित सबै चलचित्र घरले मनोरञ्जन कर नतिर्दा यतिधेरै बक्यौता बाँकी रहेको काठमाडौँ महानगरपालिकाका राजस्व महाशाखा प्रमुख ध्रवकुमार काफ्लेले जानकारी दिए ।
“चलचित्र घरले हालसम्म कर तिरेका छैनन्,” उनले भने । अब केही दिनभित्रमा कर नतिरे कानुनी प्रक्रिया अघि बढाउने राजस्व महाशाखाले तयारी गरेको छ । कर नतिर्ने चलचित्र घरको सुविधा कटौती गर्दै लगिने, मालपोत रोक्ने, बैंक खाता रोक्का गर्ने जस्ता कारबाही गरिने छ ।
चलचित्र घरमा टिकट बिक्री हुने बित्तिकै प्रति टिकट मूल्यको दुई प्रतिशतका दरले मनोरञ्जन कर तिर्नुपर्ने प्रावधान छ । महानगरपालिकाले २०५६ सालदेखि चलचित्र घरको घरजग्गा, सवारी, व्यवसाय, विज्ञापन तथा मनोरञ्जन कर लिन थालेको हो । मूल्य अभिवृद्धि कर लागू भएपछि मनोरञ्जन कर हटेको भन्दै चलचित्र घरले सो कर तिर्न आनाकानी गरेको काफ्ले बताए । तर स्थानीय स्वायत्त शासन कर नियमावली अनुसार मनोरञ्जन कर लिने व्यवस्था रहेकाले उक्त शीर्षकको कर कुनै पनि हालतमा तिर्नुपर्ने उनको भनाइ छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी