×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पाकिस्तानी कलाकारहरु अब भारत बस्न नपाउने, शाहरुख खान र करन जोहरलाई समेत चेतावनी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

पाकिस्तानी कलाकारहरु अब भारत बस्न नपाउने, शाहरुख खान र करन जोहरलाई समेत चेतावनी

Artha Sarokar

८ आश्विन २०७३, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

कश्मिरस्थित उडीमा भएको आतंकवादी हमलामा १७ भारतीय आर्मीको निधन भएपछि भारतीय चलचित्रमा कार्यरत पाकिस्तानी कलाकारलाई ४८ घण्टाभित्र देश छाड्न महाराष्ट्र नवनिर्माण सेना (एमएनएस) का कार्यकर्ताले धम्की दिएका छन्।
भारतीय नेता राज ठाकरेको पार्टी महाराष्ट्र नवनिर्माण सेनाले शाहरुख खान र करन जोहरलाई समेत चलचित्र ‘रइस’मा पाकिस्तानी कलाकारलाई काम गर्न दिएको आरोपमा चेतावनी दिएको छ ।
भारतीय फिल्म कर्मचारी संघबाट सार्वजनिक भएको विज्ञप्तीमा भनिएको छ, पाकिस्तानी कलाकारले यसलाई गम्भीरताका साथ नलिएको खण्डमा गम्भीर समस्या आउने समेत स्पष्ट पारिएको छ । भारतीय फिल्म कर्मचारी संघ एमएनएसमा आवद्ध संस्था हो। यसले ४८ घण्टामा भारत नछोड्ने पाकिस्तानी कलाकारलाई पिट्ने सम्मको धम्की दिएको छ। यस्तै, पाकिस्तानी कलाकारलाई आफ्नो चलचित्रमा भूमिका दिने निर्मातादेखि निर्देशकसम्म सबैलाई भौतिक कारवाही गरिने बताएको छ।
‘हामीले पाकिस्तान कलाकारलाई भारत छोड्न ४८ घण्टाको समय दिएका छौं। जसले अटेर गरेर बस्छ त्यसले पिटाई खान्छ। निर्माता निर्देशकले पनि अटेर गरेर उनीहरूलाई काम दिन्छन् उनीहरूले पनि कुटाई खानेछन्,’ एमएनएस चित्रपट सेनाका एमेए खोप्कारले शुक्रबार भने। भारतीय चलचित्रमा पाकिस्तानका थुप्रै कलाकार काम गरिरहेका छन्। जसमा फवाद खान, अली जफर, माहिरा खान, राहत फतेह अली खान, इमरान अब्बास र मावरा होकाने प्रमुख छन्।
पाकिस्तानी कलाकारले भारतमा धम्की पाएको यो पहिलो घटना होइन्। यसअघि शिव सेनाले फवाद खान र मिहारा खानको फिल्म ‘ऐ दिल हे मुस्कील’ र महिरा खानको फिल्म ‘रइस’ लाई प्रतिबन्ध लगाउने धम्की दिएको थियो। धम्कीकै कारण पाकिस्तानका थुप्रै कलाकारले पछिल्लो समय भारतको भ्रमण रद्द गरिसकेका छन्। मेकाल हसन ब्यान्ड र गजल सम्राट गुलाम अलीको भारतको कार्यक्रम रद्द भइसकेको छ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी