
चितवन – पूर्व प्रधानमन्त्री झलनाथ खनालले आवश्यक गृहकार्य नगर्दा नेपालका प्रधानमन्त्री भारत भ्रमणमा जाँदा विवादमा पर्ने गरेको बताएका छन् ।
भरतपुरमा बिहीबार पत्रकारसँग कुरा गर्दै उनले भारत भ्रमण जानुअघि प्रधानमन्त्रीले जुन ढङ्गको गृहकार्य गर्नुपर्ने हो त्यो नहुँदा फस्ने गरेको बताए । उनले भने, ‘आफ्नै कारणले फसेका पनि छन् र फसाइएका पनि छन् ।’ आफू दह्रो भएर नजाँदा फसेका र फसाइएका प्रसस्त उदाहरण रहेको पनि उनले औँल्याए ।
खनालले भने, ‘भारत जाँदा जुन शीर ठाडो छ, आउँदा शीर निहुराउन नपरोस् भन्ने हामी चाहन्छौँ ।’ राष्ट्रको सर्वोपरि हितलाई ध्यानमा राखेर सन्धिसम्झौता गर्नुपर्ने सुझावसहित नेकपा ९एमाले०ले के गर्दा राम्रो हुन्छ भन्ने विषयमा एक ज्ञापनपत्र समेत दिएको उनले बताए । उनले भने, ‘एमालेले लोकतन्त्र, राष्ट्रियता, सीमा, देशको सार्वभौमसत्तालगायतका विषयमा गम्भीर हुन सुझाएको छ ।’
भारत र चीनसँग सन्तुलित सम्बन्ध राख्नुपर्ने नेता खनालको धारणा छ । मुलुकको विदेश नीति सत्ता पक्ष र विपक्षको फरक कहिल्यै हुन नहुने पनि उनले बताए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्