×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिंहदरवारभित्र खसीबोका

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सिंहदरवारभित्र खसीबोका

Artha Sarokar

१४ आश्विन २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – देशको केन्द्रीय सचिवालय सिंहदरबारभित्र प्रवेश गर्न जो कोहीले पाउदैनन्त तर बिहीबार सिंहदरबारभित्र खसीबोकाहरु चरिरहेको अवस्थामा फेला परेका थिए । त्यो पनि एक दुई वटा नभई झण्डै तीन दर्जन खसीबोका थिए ।
सिंहदरबार प्रवेशका लागि चारवटा ढोका भएता पनि केवल दक्षिण गेटबाट मात्र सार्वसाधारण प्रवेश गराईन्छ ।
सिंहदरबारभित्र सुरक्षा पनि एकदम कडा रहेको छ । प्रवेशका लागि नागरिकता वा पासपोर्ट मात्र नभई भित्रको कार्यालयबाट पास समेत पठाउनुपर्छ र, सुरक्षा चेकजाँच पछि मात्र प्रवेश गर्न पाइन्छ ।
दशैंको मुखमा ती खसीबोका कहाँबाट आए होलान् ? सरकारी कर्मचारीदेखि सिंहदरबारभित्र पुग्ने जो कोहीलाई जिज्ञासा लाग्थ्यो ।
बुझ्दै जाँदा ती खसीबोका नेपाली सेनाले दशैंका लागी सिंहदरवारभित्र छिराइएको रहेछ र त्यो खसीबोकाहरु दशैंमा त्यहाँ मात्र नभई काठमाडौं बाहिर रहेका नेपाली सैनिकका गण तथा गुल्महरुमा लगिने रहेछ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी