×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

झापाली चिया किसान धर्नामा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

झापाली चिया किसान धर्नामा

Artha Sarokar

३१ भाद्र २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

हरियो चियापत्तीको उचित मूल्य निर्धारण हुनुपर्ने लगायतका माग राखी झापाली चिया किसान धर्नामा बसेका छन् । विर्तामोडस्थित चिया तथा कफी विकास बोर्डको कार्यालयमा ३२ दिनदेखि किसान धर्ना बसेका हुन् ।

साना किसान झापाली चिया व्यवसायी सङ्घका अध्यक्ष पूर्णकुमार कार्कीको नेतृत्वमा साना चिया किसान धर्नामा बसेका छन् । तर किसानको शान्तिपूर्ण आन्दोलनप्रति आजसम्म पनि सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण भएको छैन । झापाका चिया उत्पादक र किसानबीच विगतमा भएका कतिपय सहमति कार्यान्वयन नभएको धर्नाकारीको भनाइ छ । 
धर्नाको अगुवाइ गरिरहेका अध्यक्ष कार्कीले किसानका जायज मागप्रति बेवास्ता लम्बिए शान्तिपूर्ण आन्दोलनले अर्को स्वरुप लिने चेतावनी दिनुभएको छ । बोर्डले गत वर्ष हरियो चियापत्तीको मूल्य क्रमशः रु १२.८७, रु ११.६५ र रु १२.४७ निर्धारण गरेको थियो । 
त्यसमा १६ प्रतिशत गुणस्तर अर्थात् दुई पात एक सुइरालाई आधार मानी हरियो चियापत्तीको मूल्य बोर्डले निर्धारण गरेको थियो । तर बोर्डले निर्धारण गरेको मूल्य बिनाआधारको रहेको भन्दै चिया उत्पादक सङ्घले आपत्ति जनाउँदै आफूखुसी मूल्य निर्धारण गर्न थालेपछि चिया किसान धर्नामा बस्नु परेको अध्यक्ष कार्कीको भनाइ छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी