
ललितपुर – नेपालमा केही सेलिब्रेटिहरू अाफूलार्इ अाम नागरिक भन्दा उच्च तहकाे रूपमा बुझाउन चाहान्छन् । पेट्राेलकाे लाइन बस्दा हाेस् वा ग्याँसकाे लाइनमा अाफूलार्इ अब्बल दर्जाकाे नागरिक ठान्दै अगाडी जानु उनीहरूकाे लागि सामान्य हाे । यस्ताेमा लामाे समयदेखि पालाे कुरिएरहेकाहरूलार्इ अन्याय गरेर अाफू अगाडी जान पाउँनु पर्ने उनीहरूकाे माग रहन्छ तर, केही सचेत नागरिकले भने प्रतिकार गर्दछन् ।
साेमबार ललितपुर पुल्चोकस्थित साझा पेट्रोल पम्प दिउँसो करिब २ घन्टा तनावग्रस्त भयो । तनाव गर्न कस्सएकी थिइन् गायीका तथा समाचार वाचिका काेमल अाेली । आफ्नो कारमा पेट्रोल भर्न पुल्चोक पुगेकी गायिका कोमल वलीले पेट्रोल भर्ने क्रममा लाइन मिचेर अगाडि गएपछि झगडा नै भयाे ।
चाकुपाटका डा. अमितमान जोशीले लाइन अाफ्नाे लार्इन मिचिएपछि प्रतिकार गरेका थिए । साे क्रममा उनीहरूबीच लामाे समयसम्म झगडा नै भएकाे थियाे । अाफ्नाे लाइन मिचिएपछि जाेशीले कारको साँचोले वलीको कार कोरिदिएका थिए । कारकाे ढाेका काेरिएपछि वलीले झगडा गरेकी थिइन् ।
दिउँसो करिब १२ः३० बजे पेट्रोल भर्न पुगेकी गायिका वलीले लाइन मिचेर अगाडि गएपछि उनी भन्दा लाइनमा बसेका जाेशीले अाफूलाइ अन्याय भएकाे बताएका थिए तर, वलीले लाइन मिचेर गएपछि उनले प्रतिकार गर्नु परेकाे थियाे । झगडा साम्य नभएपछि ललितपुर प्रहरीले उनीहरूलार्इ नियन्त्रणमा लिएकाे थियाे । प्रहरीले जाेशीलार्इ दुइ घन्टासम्म हिरासतमा राखेकाे थियाे ।
- दियो पोस्ट
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्