Skip to content
LAXMI SUNRISE BANK

पहिले विदेशी बन्दुक बोकेर नेपाली मारे, अहिले भारत पुगेर प्रचण्डले कलंकको टीका लगाए

अर्थ सरोकार

काठमाडौं । ‘प्रचण्डले पहिले हत्या र हिंसाको विदेशी भारी बोके, अहिले नेपाललाई भारतीय दूतवाससँग दाँजेर कलंकको टिका लगाएका छन्, उनको राष्टघाती कदमले राणा प्रधानमन्त्रीलाई पनि उछिन्यो’ आइतवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमण सफल भएको अन्तराष्टिय विमान स्थलमा दावी गरिरहेका बेला प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले पोखरामा प्रचण्डलाई कलंकको टीका लगाईरहेका थिए ।
‘प्रचण्डले कहिले विदेशी बन्दुक बोकेर नेपालीको हत्या गरे, कहिले एउटा दुतावाससँग दाँजेर देशलाई कमजोर बनाए’, आइतबार पोखरामा आयोजित कार्यक्रममा ओलीले भने ‘भारतसँग प्रचण्डले स्वाभिमानको दाउ लगाएका छन् त्यसलाई एमाले र नेपाली जनताले मान्य छैनन् ।’ प्रचण्डले भारत भ्रमणका क्रममा तीन बुँदे मुख्य र २५ बुँदे सहायक सम्झौता गरेको र त्यसको कार्यान्वयन नेपाल र भारतीय दूतावासले गर्ने भनिएको प्रति ओलीले आपत्ति जनाएका हुन् ।
दाहाल पहिलेदेखि नै विदेशीको इशारामा चल्दै आएको ओलीले आरोप लगाए । संविधान सशोधन जस्तो नेपालको नितान्त आन्तरिक मामिलामा दुई देशका प्रधानमन्त्रीको संयुक्त बिज्ञप्तीमा आउनु दुखद भएको बताए । ‘नेपालको आन्तरिक मामिला भारतमा चर्चा गर्नु कलंकको टिका लगाउनु हो’, ओलीले भने ‘देशको आन्तरिक मामिला अन्तराष्टिय फोरममा उठाएर प्रचण्डले गल्ति गरेँ ।’
प्रचण्डले मधेसी मोर्चा र भारतसँग संविधान संशोधनका लागि गरेको सहमति एमालेले नमान्ने ओलीले बताए । ‘हामी कुन कुनामा को संग कहिले कसरी सहमति भयो त्यो कार्यान्वय गर्न बाध्य छैनौ’, ओलीले भने ‘संविधान देशको आवश्यकताका आधारमा संशोधन हुन्छ ।’

  • एस काठमाडौं 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK