×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मुलुक अप्ठ्यारो स्थितिमा जाने ओलीको चेतावनी

GLOBAL IME BANK

मुलुक अप्ठ्यारो स्थितिमा जाने ओलीको चेतावनी

३ आश्विन २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

पोखरा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान कार्यान्वयन हुन सकेन भने मुलुक अप्ठ्यारो स्थितिमा जाने चेतावनी दिएका छन् ।
नेकपा एमाले प्रदेश नं ४ को प्रदेश सङ्गठन कमिटीको प्रथम बैठकको कास्कीको रुपाकोट गाविसस्थित रुपा रिसोर्टमा आज उद्घाटन गर्दै उनले संविधान कार्यान्वयन गर्न २०७४ माघ ७ गतेभित्र स्थानीय, प्रादेशिक र केन्द्रीय तहको निर्वाचन हुनु जरुरी रहेकामा जोड दिए ।
अध्यक्ष ओलीले संविधान कार्यान्वयनमा एमालेले खबरदारी गरिराख्ने बताए । उनले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण त्यति फलदायी नभएको समेत टिप्पणी गरे ।
एकदिने सो बैठकमा प्रदेश नं ४ को सङ्गठन कमिटीका ८० जना सदस्यको सहभागिता रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: