
काठमाडौँ – एमाले अध्यक्ष केपी ओलीले चलखेल भइरहेको भन्दै संविधान संशोधन प्रस्तावमा सहमत नहुने बताएका छन् ।
आफ्नो प्रतिवेदनमाथि केन्द्रीय कमिटीमा उठेका प्रश्नको जवाफ दिँदै ओलीले संशोधनको सरकारी तयारीमा सहमत हुन नसकिने स्पष्ट पारेका हुन् । ‘संविधान संशोधनका बारेमा चर्चा सुनेका छौँ ।
तीनबुँदे प्रस्तावको कुरा बाहिर आएको छ । त्यसभित्र चलखेलका अनेक पाटाहरू छन् । हामीसँग कुनै सरसल्लाह भएको छैन,’ ओलीले भने, ‘एमालेजस्तो प्रमुख हैसियत भएको पार्टीसँग सामान्य परामर्श पनि गर्नुनपर्ने ? संविधान गतिशील दस्तावेज हो भन्ने नेकपा (एमाले)ले बुझेको छ ।’
१. कांग्रेसको दोहोरो नीतिले देश अप्ठेरोमा
हामी राजनीतिक दलहरूबीचको सहमति र सहकार्यको पक्षमा छौँ । आफूले नेतृत्व पाउँदा सबै दल मिलेर काम गर्नुपर्छ भन्ने अनि अरूले नेतृत्व गर्ने स्थिति बन्दा लोकतन्त्रमा सबै ठूला दल मिलेर देश बनाउनु हुँदैन भन्ने कांग्रेसको दोहोरो नीतिका कारण मुलुकको राजनीतिले अप्ठेरो स्थिति भोग्नुपरेको हो ।
२. संविधान संशोधनभित्र चलखेलका पाटा
संविधान संशोधनका बारेमा चर्चा सुनेका छौँ । तीनबुँदे प्रस्तावको कुरा बाहिर आएको छ । त्यसभित्र चलखेलका अनेक पाटा छन् । हामीसँग कुनै सरसल्लाह भएको छैन । एमालेजस्तो प्रमुख हैसियत भएको पार्टीसँग सामान्य परामर्श पनि गर्नुनपर्ने ? संविधान गतिशील दस्तावेज हो भन्ने नेकपा (एमाले) ले बुझेको छ । ०४७ मा संविधान बनाएर महत्वपूर्ण भूमिका निर्वाह गरेको र अहिले संविधान बनाउन नेतृत्वदायी भूमिका निर्वाह गरेको पार्टीलाई थाहा छ ।
३. विदेशी इसारामा संशोधन असम्भव
राष्ट्र र जनताको हित तथा आवश्यकता ठान्दा संविधान संशोधनका लागि एमाले लचिलो हुन सक्छ । देशको आवश्यकता र अनुभवका आधारमा संशोधन गर्न सकिन्छ । जनतालाई अधिकारसम्पन्न बनाउन आवश्यक पर्दा संशोधन हुन सक्छ । तर, विदेशीको इसारामा सर्वस्वकीकार्य बनाउने नाममा दुई–चारजनालाई चाहियो भन्दैमा संविधान संशोधन हुन सक्दैन । देशको सार्वभौमसत्ता, अखण्डता, स्वतन्त्रता, एकता, जातीय–साम्प्रदायिक सद्भावमा आघात पुग्ने गरी संशोधन हुन सक्दैन ।
४. टाउकोमा कसले लट्ठी हान्यो भन्न नपाउने ?
एमालेले राम्रो काम गर्दागर्दै कर्नरमा पार्ने, बदनाम गर्ने प्रयास हुँदै आयो । संविधान बनाउनै नदिने, बनेपछि सरकारको नेतृत्व गर्न नदिने खेल भयो । बनेकै दिनदेखि कमजोर बनाउने प्रयास भयो । देशमा त्यत्रो नाकाबन्दी थियो, कसरी सामना गरियो ? यी सबै विषयमा कसरी कुरा व्यक्त गर्नु ? कसैले टाउकोमा हान्यो, अनि लट्ठी र टाउकोबीच टक्कर प-यो भन्ने ? कसैले लट्ठीले हान्छ अनि टाउको र लट्ठी टकरायो भन्ने ? फलानोले हान्यो भनेरै प्रस्टसँग देश र जनतासमक्ष राख्न नमिल्ने ? (अध्यक्षको प्रतिवेदन भारतप्रति बढी नै आक्रामक भएको भन्ने प्रश्नको जवाफ दिँदै)
५. निर्वाचन नगराउन सरकार परिवर्तन
निर्वाचनबाहेक संविधान कार्यान्वयन गर्ने अर्को उपाय छैन । त्यही भएर हामीले १८ महिने मार्गचित्र अगाडि सारेका थियौँ । तर, त्यही वेलामा निर्वाचन हुन नदिने उद्देश्यका साथ सरकार परिवर्तन गरियो । फेरि पनि निर्वाचनको विकल्प छैन ।
६. निवेदन हालेर सरकारमा जाने कुरा हुन्न
सरकामा हुँदा या नहुँदा हामी सधैँ राष्ट्र र जनताको हितमा काम गर्छौं । प्रतिपक्षमा हुँदा त्यस्तो काम गर्न प्रेरित गर्छौं, दबाब दिन्छौँ । हामी मिसन बोकेर मात्रै सरकारमा जान्छौँ, आवश्यकताअनुसार नेतृत्व पनि गर्छौं, छेउमा बस्न निवेदन हालेर जाने कुरा हुँदैन । मुद्दाहरूमा सहकार्य हुँदा सम्मानजनक स्थितिमा जान सक्छौँ, निवेदन हालेर जाने हैसियतमा एमाले छैन । ठाउँ सुरक्षित गर्न जाने कुरा हुन्न । राष्ट्रिय सहमतिका लागि सधैँ खुला नै छौँ । अहिलेका सन्दर्भमा प्रतिपक्षमै रहेर सशक्त र रचनात्मक प्रतिपक्षीको भूमिका खेल्छौँ । (सरकारमा जाने-नजाने तथा माओवादीसँगको सहकार्यबारे प्रस्ट पार्दै)
७.घनश्यामको प्रतिवेदनलाई लेखको संज्ञा
उहाँ (उपमहासचिव घनश्याम भुसाल) ले स्थायी समितिमा दिएपछि छलफल गरेर जान सकिन्छ भनेपछि टुंगिसकेको छ, फरक दस्तावेज ल्याउनुभएको होइन, लिखतका रूपमा सुझाब आएको छ, अन्त पनि दिनुभयो होला, अरूको पनि आएको छ ।
- काठमाडौँ टुडे
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्