×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

घोप्टेभिरमा खसेका दीपाका आँशुले मन्त्रीको छाति पोल्योे, त्यसपछि बज्यो प्रधानमन्त्रीको टेलिफोन

LAXMI SUNRISE BANK

घोप्टेभिरमा खसेका दीपाका आँशुले मन्त्रीको छाति पोल्योे, त्यसपछि बज्यो प्रधानमन्त्रीको टेलिफोन

११ आश्विन २०७३, मंगलवार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

चितवन – सोमबार बिहान घटनास्थल घोप्टेभिरमा एक महिलाका आँखाबाट निरन्तर आँशु वगिरहेका थिए । उनी भावविह्ल अबस्थामा थिइन । पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेसँगै उनी पनि मुक्तिनाथ यात्रामा थिइन । ‘असोज ८ गते बिहान जोमसोमबाट हिँडियो, म बेनीमा झरेँ, उहाँहरु बागलुङकालिका दर्शन गरी पोखरा गएर बस्नुभयो’ उनले रुदै भनिन् ।
यसरी घोप्टेभिरमा आँशुका धारा बगाउने थिइन, पूर्वगृहमन्त्री घिमिरेकी आफ्न्त दीपा आचार्य घिमिरे । दिपा पनि घिमिरे परिवारसँगै मुक्तिनाथ यात्राकी सहयात्री थिइन तर बेनीमा झरेका कारण उनी दुर्घटनामा  परिनन् । तर दुखको भेलमा उनले थाम्न सकिरहेकी छैनन् ।
दीपाका बुबाका मामाको छोरा –ठूलोबुबा) घिमिरे परिवारसँगै आचार्य पनि असोज ५ गते काठमाडौँबाट मुक्तिनाथ यात्रामा निस्केका थिए । ‘बिहान ७ बजे हामी काठमाडौँबाट हिँडेका थियौँ । गाडीमा माधवप्रसाद घिमिरे, उहाँका आफ्नै भाइ प्रकाश, काकाको छोरा मोहन, नाताले काका पर्ने नारायणप्रसाद काफ्ले र चालकसहित दुई सुरक्षाकर्मी टोलीमा रहेका थिए’ दिपाले भनिन् ।
एनले  असोज ५ गते राति बेनीमा बास बसी यात्रा तय गरेको बताइन । ‘असोज ६ गते जोमसोममा बसियो । असोज ७ गते त्यहीँबाट कागबेनीमा गएर श्राद्ध गरी साँझ फेरि जोमसोममा नै बसियो । उनले थपिन ‘असोज ८ गते बिहान जोमसोमबाट हिँडियो, म बेनीमा झरेँ, उहाँहरु बागलुङकालिका दर्शन गरी पोखरा गएर बस्नुभयो । असोज ७ गते घिमिरेले र असोज ८ गते काफ्लेले श्राद्ध गर्नुभएको थियो ।’
आचार्यका पिता यादव आचार्य म्याग्दी जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारी हुन् ।
कर्मचारी वृत्तमा निकै परिचित र दोस्रो संविधानसभाको निर्वाचन गराउन सफल भएकै कारण धेरैको प्रिय बनेका पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे आफ्ना दुई भाइसहित आइतबार साँझदेखि त्रिशूली नदीमा बेपत्ता छन् ।
आइतबार साँझ अबेर उहाँ चढेको गाडी त्रिशूली नदीमा खसेर वेपत्ता भएदेखि नै कुरिनटारको घोप्टेभिरमा उनीहरुको अवस्था बुझ्न आउनेको भीड लाग्ने गरेको छ । सोमबार बिहान सबेरैदेखि घिमिरेका इष्टमित्र, आफन्त हुँदै नेपाल सरकारका उच्च पदस्थ कर्मचारी समेत घटनास्थल आइपुगेका थिए ।
चितवन र छिमेकी जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका जिल्लास्थित प्रमुख पनि घोप्टेभिर पुगेर खोजी कार्यमा सहयोग गरिरहेका छन् ।
घटनास्थलमा अर्का एक ब्यक्ति पनि आँशु थाम्न सकेका थिएनन् । घिमिरेका फूपूका छोरा भार्इ यादव आचार्य पनि मुक्तिनाथ यात्रा सँगै थिए । “साँझ ५ बजे मैले दाइलाई फोन गरेँ, धेरैबेरपछि सुरक्षाकर्मीले फोन उठाए, हामी आत्तिएर आइपुग्यौँ । अहिले पनि घटना सपना जस्तै लाग्छ,” उनले भने ।
आचार्यका अनुसार पूर्व गृहमन्त्री एवम् मुख्यसचिव घिमिरेकी श्रीमती कमला र बुहारी आकांक्षा काठमाडौँकै घरमा बस्छन् । भने छोरा सुशान्त अस्ट्रेलियाबाट फर्किदैछन् । छोरी सृष्टि पाल्पा मेडिकल कलेजमा चौथो वर्षमा अध्ययनरत छिन् ।
घटनास्थलमा गृहजिल्ला पाल्पासहित देशभर छरिएर रहेका आफन्त कुरिनटार आइपुगेका छन् भने उनकै समयदेखि सरकारी सेवामा रहेका पनि आउनेक्रम जारी छ । घटनास्थलमा झोला र मोबाइल फेला परेको छ ।
घिमिरेका आफ्न्तले यही तरिकाबाट खोजिकार्य जारी रहेपनि फेला पर्न नसक्ने र थप उद्धार कार्यका लागि उपकरण मगाउन घटना स्थल पुगेका भौतिक योजनामन्त्री रमेश लेखकसँग आग्रह गरेका थिए । दीपा भावविह्ल अबस्थामा रोएको देखेर मन्त्री लेखकले पनि आँशु झारेका थिए ।
लगतै घटनास्थलबाट मन्त्री लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई टेलिफोन गरी उपकरण ल्याउनु पर्ने बताएका थिए ।
  • एस काठमाडौं 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी