
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व माओवादी लडाकुका कमाण्डर बर्षमान पुन अनन्तले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीले दवावको राजनीति गरेको आरोप लगाएका छन् । माओवादी लडाकुको शिविरमा भएको भ्रष्टाचार छानविन गर्ने औपचारिक जानकारी अख्तियारले गराएपछि नेता पुनले अदालतबाट बच्न कार्कीले दवावको राजनीति गरेको बताए ।
‘अदालतले लोकमानको नियुक्तिमा प्रश्न उठाएपछि आत्तिएर दवावको राजनीति गरे’, अनन्तले भने ‘अदालतमा प्रश्न उठिसकेका ब्यक्तिले हामीमाथी छानविन गर्न मिल्दैन ।’ उनले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष भारत भ्रमणमा भएका बेला छानविनको प्रश्न उठेको र समय सान्र्दभिक नभएको बताए । ‘बेला न कुवेला छानविको कुरा अख्तियारबाट आएको छ, मैले पनि लोकमानजीको गतिविधी नजिकबाट नियाली रहेको छु ।’
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज आइतबारदेखि शिविर भ्रष्टाचारमा छानविन थाल्ने जनाएको छ । शिविर भ्रष्टाचारमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वमाओवादी नेता बाबुराम भट्टराई, उपराष्टपति नन्दकिशोर पुन पासाड, अर्थमन्त्री कृष्णबहादुर महरा, उर्जामन्त्री जनार्दन शर्मा, नेता बर्षमान पुनमाथी छानविन हुने आशंका गरिएको छ ।
आफुहरुमाथी भ्रष्टाचारको छानविन हुन थालेपछि माओवादी केन्द्रका नेताहरुले छानविन रोक्ने प्रयास थालेका छन् । अख्तियार प्रमुखले प्रतिसोधको राजनीति गरेको उनीहरुले आरोप लगाएका छन् ।
‘सर्वाेच्च अदालतले अख्तियार प्रमुख कार्कीको नियुक्ति प्रक्रियामा प्रश्न उठाएकै दिन कार्यालय समय सकिएपछि साँझ ७ बजे पत्रकार सम्मेलन गर्नुृको कारण के हो ?’ बर्षमान पुनले भने ‘चार दिनदेखि प्रमुख आयुक्त कार्यालय आएका छैनन् तर हठाहतमा शिविर छानविन र नेताहरुलाई पुर्जी काट्ने घोषणा भयो ।’
नेता पुनले भ्रष्टाचारको छानविन अख्तियारले पहिलेदेखि नै गरिरहेको तर अदालतको कारवाहीबाट बच्न उनले अहिले आएर घोषणा गरेको बताए । अदालतबाट बच्न उनले दवावको राजनीति सुरु गरेको र त्यसको कडा प्रतिवाद गर्ने उनले बताए ।
- एस काठमाडौँ
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्