
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीसँग लडाकु शिविरको अनियमितता छानबिन प्रक्रिया अघि नबढाउनेबारे कुरा भएको बताएका छन् ।
लाजिम्पाटस्थित निजी निवासमा बसेको बैठकमा दाहालले भने ‘अदालतले कार्कीको नियुक्तिबारे फैसला पुनरावलोकन गर्ने भनेपछि उनले हाम्रोतर्फबाट केही सहयोग होला भन्ने अपेक्षा राखेका रहेछन्, म केही नभनी भारत भ्रमणमा निस्किएपछि अदालतको कुरा मिलाइदिएन भन्ने उनको असन्तुष्टी देखियो ।’
उनले कार्कीले रियलाइज पनि गरेको साथै अख्तियार र पार्टीको कुरा मिलिसकेको जानकारी दिए। दाहालले अदालत र अख्तियारको पाटोमा के कुराकानी हुन्छ भन्नेबारे आफूले बिस्तृतमा चासो राख्न नपाएको पनि बैठकमा पृष्टि गरेका छन् ।
सर्वोच्च अदालतले अख्तियार प्रमुख कार्कीको नियुक्तिको योग्यतासम्बन्धि विषयमा भएको फैसलाको पुनरावलोकन गर्ने निर्णय गरेकै दिन अख्तियारले लडाकु शिविर अनियमितताको छानविन प्रक्रिया अघि बढाउने बताएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्