×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अख्तियार प्रमुख लोकमानसिंहको सक्कली फाइल मन्त्रिपरिषदमा भेटियो, फाइल सर्वाेच्चमा

LAXMI SUNRISE BANK

अख्तियार प्रमुख लोकमानसिंहको सक्कली फाइल मन्त्रिपरिषदमा भेटियो, फाइल सर्वाेच्चमा

७ आश्विन २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको फाइल मन्त्रिपरिषदको मन्त्रालयमा भेटिएपछि सर्वाेच्च अदालतमा पेश गरिसकिएको छ ।
लोकमानसिंह नियुक्तिको सक्कली फाइल मन्त्रिपरिषदको कार्यलयबाट खामबन्दीमा पाइसकेका छौ ,सर्वाेच्चका प्रवक्ता नहकुल सुवेदीले बताए ।
लोकमान नियुक्ति गर्दा अहिले सम्म भेटिएको सम्पूर्ण फाइलहरु खामबन्दी गरेर सर्वाेच्चमा पठाएका हौ, मन्त्रिपरिषदको स्रोतले बतायो ।
भदौ १० गते सर्वाेच्चले सरकारसँग लोकमान नियुक्तिको सक्कली फाइल मागेको थियो । तर सरकारले भूकम्पमा परि हराएको भनेर सर्वाेच्चमा जवाफ फर्काएको थियो । त्यसलगत्तै प्रधानन्यायाधीश शुशिला कार्की, न्यायाधीश विश्वाम्भर श्रेष्ठ र सपना मल्लको इजालासले सरकारको उक्त जवाफलाई गैरजिम्मेवारीपूर्ण रहेको भन्दै टिप्पणी गरेको थियो । भने नियुक्ति सम्बन्धिको फाइल कागजात सात दिनभित्र नपठाए न्याय प्रशासन ऐन २०७३ को दफा ३४ (२) अनुसार कारबाही हुनेछ, आदेशमा भनिएको थियो ।
त्यस्तै,न्याय प्रशासन एेन २०७३ दफा ३४ (२) मा अदालतले मागेको फाइल नपठाए सम्बन्धित निकायको कार्यालय प्रमुख वा कर्मचारीलाई पटकैपिच्छे १० हजार रुपैयाँसम्म जरिवाना तिराउन सक्ने उल्लेख छ।
  • एस काठमाडौँ 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी