Skip to content

लोकमानको बंगलामा दीपक मलहोत्राको गोदाम,रेखदेखका लागि खटाइयो दुई प्रहरी जवान

Dish Home

अर्थ सरोकार

करोडौं अनियमितता गर्दै एकछत्र राज जमाँउदै आएका व्यवसायी दीपक मलहोत्रा अख्तियार प्रमुख लोकमान सिंह कार्कीको किन ‘यार’ भइरहेका छन ? यो रहस्य बल्ल फेला परेको छ । यी दुई बीचको ‘कनेक्सन’का बारेमा बजारमा अनेक टिका टिप्पणी भइरहँदा यस्लाई प्रमाणित गर्नेगरी गभ्भीर प्रंसग सहतमा आएको छ ।

यी दुई बीचको कनेक्सनको राज बुझ्न अख्तियार प्रमुख लोकमान सिंह कार्कीको बंगला पूरानो वानेश्वरमा गए पुग्छ । वानेश्वरमा रहेको क्याव्रिज स्कुल भन्दा थोरै माथि अर्थात धुर्मुस सुन्तलीद्धारा सञ्चालित शूभम मिडिया नजिकै छ लोकमान सिंह कार्कीको अलिसान वंगला । सो वंगलाको तेश्रो तलामा सामसुङ मोवाइलको बोर्ड झुण्डिएको स्पस्टै देख्न सकिन्छ ।
अहिले लोकमानका कार्कीका सबै परिवार सरकारले उपलव्ध गराएको टंगाल स्थित अख्तियारको क्वाटरमा बस्दै आएका छन । तर लोकानमको रित्तो घर कुर्नका लागि दुई जना प्रहरी जवान अहोरात्र खटिएका छन । त्यहाँ वानेश्वर प्रहरीले खटाएका दुई प्रहरी जवानले २४ सै घण्टा पहरा दिइरहेको देख्न सकिन्छ ।
मलहोत्राले अख्तियार प्रमुखको बंगलामै लगेर सामसुङ मोवाइलको वोर्ड झुण्डाउनुले पनि प्रमाणित हुन्छ कि दीपक मलहोत्रा माथि उजुरीका चाङ माथि चाङ लाग्दा समेत मलहोत्रालाई अख्तियारले किन छुन÷चलाउन सक्दैन भन्ने कुरा ।
दक्षिण कोरियामा उत्पादन हुने मोवाईल सामसुङको आधिकारीक बिक्रेताको रुपमा रहेका मल्लोहोत्राको परिवारले मोवाइलको कारोबार देखाउदै अबैधरुपमा गैरकानूनी काम गरेको अख्तियारले छानबिन गरेपनि हालसम्म कुनै कारवाही गरेको छैन । त्यस्तै,भूकम्प पीडितका लागि भनेर ल्याइएको राहतको नाममा ल्याइएको त्रिपालबाट झण्डै एक अर्ब रुपैयाँभन्दा बढी हिनामिना गरिएको भेटिएको पनि हो । सो कार्यमा सहरी विकास मन्त्रालयका सचिव अर्जुन कार्की र दीपक मलहोत्राले विपतको बेला करोडौं रुपैयाँ कमाउने योजना अनुसार पालको गुणस्तर, आकार र परिमाण छली गरेर भ्रष्टाचार गरेको पुष्टी हुन आएको छ । सामान खरिदमा ‘कोटेसन’ नै नहाली मलहोत्राको ग्यालेक्सी इन्टरनेशनलसँग त्रिपाल खरिद गरिएको थियो । मल्लोहोत्राले उपलब्ध गराएको त्रिपाल पहिले तोकिएको कुनै पनि मापदण्डअनुसार नभएको सतर्ककर्ता केन्द्रको प्रतिवेदनमा उल्लेख छ । कुनै परीक्षण नै नगरी मल्लोहोत्राले उपलब्ध गराएको त्रिपाल धमाधम वितरण गरिएको थियो तर सो त्रिपाल एकै दिनमा च्यातिएपछि भने गुणस्तरहिन त्रिपाल खरिद गरेको खुल्न आएको भन्दै अख्तियारमा उजुरी परेको हो ।
तर यस्ता दर्जनौ उजुरी दर्ता भए पनि लोकमानसँगको भित्री सम्बन्धका कारण उनलाई कुनै कारवाही हुन सकेकोछैन ।

  • एस काठमाडौँ 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्