
काठमाडौँ – प्रधानमन्त्री प्रचण्डले दिर्घकालिन महत्वका विषयमा आफूले कुनै सन्धी सम्झौता नगर्ने बताएपनि भारतले भने नेपाललाई ललिपप देखाएर चीनलाई नेपालबाट पन्छाउने खतरनाक रणनीतिको भारतीय मिडियाले नै खुलासा गरेका छन् ।
राष्ट्रहितका लागि आफूले जोखिम मोल्न पाउनुपर्ने बताउँदै आएका दाहाललाई भारतमा कुनै न कुनै सन्धी गराउने भारतले योजना बनाएको छ । सो समाचारमा चीनलाई साइजमा ल्याउनका लागि भारतले नेपाललाई जस्तो सुकै लोभमा फसाउन सक्ने संकेत गरिएको छ ।
उक्त समाचारलाई आधार मान्ने हो भने भारतले चीनलाई नेपालमा प्रभाव जमाउन नदिन नेपालसँगको सम्बन्धलाई अहिले रणनीतिक रुपमा महत्व दिएको छ । ‘नेपाललाई लोभ्याएर चीनलाई इन्काउन्टर गर्नेछ भारत’ शीर्षक समाचारले नै भारतको उद्देश्यलाई धेरैहदसम्म उजागर गरेको छ ।
यद्यपि उनले केही दिनअघि आफू जोखिम मोलेरै भारत भ्रमणमा जान लागेको र नेतृत्वले जोखिम उठाउन पाउनुपर्ने तर्क गरेका थिए । उक्त अभिव्यक्तिका बारेमा विभिन्न टिका–टिप्पणी हुन थालेपछि उनले भोलिपल्दै प्रष्टिकरण दिदैं आफूले औंल्याएको जोखिम ‘राष्ट्र हितका लागि’ भनेका थिए ।
- एसियन समाचार
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्