×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दिनदहाडै गाडीबाट लुटियो २५ लाख

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

दिनदहाडै गाडीबाट लुटियो २५ लाख

Artha Sarokar

११ आश्विन २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बतदाता 

विराटनगर – को १ च ८०१९ नम्बरको बोलेरो गाडीको अगाडिको सिसा फुटाएर  विराटनगरको अति व्यस्त ठाउँबाट २५ लाख लिटिएको हो। विराटनगरको अति ब्यस्त  बजार ट्राफिक चोक नजिकैबाट मंगलबार मध्यान्ह २५ लाख रुपैयाँ लुटपाट भएको छ। ट्राफिक चोक नजिकैको बी प्लटमा पार्किङ गरेर राखेको एक गाडीबाटै मध्यान्ह २५ लाख रूपैयाँ लुटिएको हो। नेपाल राष्ट्र बैंक विराटनगरबाट झिकिएको उक्त पैसा बैंकको गाडीको सीसा फुटाएर लुटिएको प्रहरीले जनाएको छ। 
तेह्रथुमस्थित माउन्ट मकालु डेभल्पमेन्ट बैंकले राष्ट्र बैंकबाट पैसा झिकेर विराटनगरको गुदरीस्थित बी प्लटमा पार्किङ गरेर ट्युबेलमा पानी पिउन जाँदा २५ लाख रुपैयाँ लुटिएको गाडी चालक बीरबहादुर लिम्बूले बताए। गाडीबाटै पैसा लुटिएको खबर आएपछि त्यो एरियालाई सिल गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले उक्त गाडी जिल्ला प्रहरी कार्यालयमा राखेको छ।  पैसा लुटिएको विराटनगरको अति व्यस्त ठाउँ हो। गाडीबाट पैसा लुटिएको जानकारीमा आएको भन्दै मोरङ प्रहरीका प्रवक्ता डिएसपी योगेन्द्रसिंह थापाले घटनाको अनुसन्धान भइरहेको बताए। अहिलेसम्म पैसा कसले लुट्यो, उसको हुलिया कस्तो थियो भन्नेसम्म खुलेको छैन। गाडीको सीसा फोरर त्यति रकम झिक्दा समेत कोही कसैले नदेख्नु घटना शंकास्पद भएको प्रहरीको दाबी छ । डेभलपमेन्ट बैकका चालक र अर्का एक कर्मचारी रकम निकाल्न विराटनगर आएका थिए।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी