
- अर्थ सरोकार सम्बतदाता
विराटनगर – को १ च ८०१९ नम्बरको बोलेरो गाडीको अगाडिको सिसा फुटाएर विराटनगरको अति व्यस्त ठाउँबाट २५ लाख लिटिएको हो। विराटनगरको अति ब्यस्त बजार ट्राफिक चोक नजिकैबाट मंगलबार मध्यान्ह २५ लाख रुपैयाँ लुटपाट भएको छ। ट्राफिक चोक नजिकैको बी प्लटमा पार्किङ गरेर राखेको एक गाडीबाटै मध्यान्ह २५ लाख रूपैयाँ लुटिएको हो। नेपाल राष्ट्र बैंक विराटनगरबाट झिकिएको उक्त पैसा बैंकको गाडीको सीसा फुटाएर लुटिएको प्रहरीले जनाएको छ।
तेह्रथुमस्थित माउन्ट मकालु डेभल्पमेन्ट बैंकले राष्ट्र बैंकबाट पैसा झिकेर विराटनगरको गुदरीस्थित बी प्लटमा पार्किङ गरेर ट्युबेलमा पानी पिउन जाँदा २५ लाख रुपैयाँ लुटिएको गाडी चालक बीरबहादुर लिम्बूले बताए। गाडीबाटै पैसा लुटिएको खबर आएपछि त्यो एरियालाई सिल गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले उक्त गाडी जिल्ला प्रहरी कार्यालयमा राखेको छ। पैसा लुटिएको विराटनगरको अति व्यस्त ठाउँ हो। गाडीबाट पैसा लुटिएको जानकारीमा आएको भन्दै मोरङ प्रहरीका प्रवक्ता डिएसपी योगेन्द्रसिंह थापाले घटनाको अनुसन्धान भइरहेको बताए। अहिलेसम्म पैसा कसले लुट्यो, उसको हुलिया कस्तो थियो भन्नेसम्म खुलेको छैन। गाडीको सीसा फोरर त्यति रकम झिक्दा समेत कोही कसैले नदेख्नु घटना शंकास्पद भएको प्रहरीको दाबी छ । डेभलपमेन्ट बैकका चालक र अर्का एक कर्मचारी रकम निकाल्न विराटनगर आएका थिए।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्