
- अर्थ सरोकार सम्बतदाता
औषधि बनाउन आयात गरिएको प्रिकर्सर रसायन सिउडोइफेड्रिन अन्तर्राष्ट्रिय लागुऔषध कारोबारीलाई बिक्री गरेको आरोपमा पूर्वसभासद् मधुसुदन अग्रवाल छानबिनमा तानिएका छन् ।अनुसन्धानको क्रममा अग्रवालद्वारा सञ्चालित एसआर फर्मास्युटिकल्स तथा टौरस फर्मा ल्याबले प्रिकर्सर रसायन दुरुपयोग गरेको पुष्टि भएपछि कम्पनीको गुड मेनिफेक्चिरिङ प्रोडक्ट जिएमपी लाइसेन्स रद्द भएको छ ।
प्रहरीले अनुसन्धान अघि बढाएपछि अग्रवाल तथा उनका अन्य व्यावसायिक साझेदार फरार छन् । औषधि व्यवस्था विभागले मंगलबार कम्पनीको जिएमपी लाइसेन्स रद्द गरेको छ ।
अनुसन्धान सुरु भएलगत्तै अग्रवाल फरार छन् । उनी पहिलो संविधानसभामा मधेसी जनअधिकार फोरमबाट समानुपातिक सभासद् थिए ।
लामो समयदेखि अग्रवालको कम्पनीले रसायन आयात गरेर अन्तर्राष्ट्रिय लागुऔषध कारोबारीहरूलाई बिक्री गर्दै आएको प्रहरीको दाबी छ । प्रहरीका अनुसार छानबिन सुरु भएपछि कम्पनीले औषधि व्यवस्था विभागमा नक्कली ब्याच मेनिफेक्चिरिङ रिपोर्ट बिएमआर बुझाएका थिए ।
त्यससम्बन्धी फाइलहरू लिएर लागुऔषध नियन्त्रण ब्युरो एनसिबीले अनुसन्धान अघि बढाएको छ । विभागबाट फाइल ल्याएर अनुसन्धान भइरहेको र सञ्चालकहरू फरार रहेको ब्युरोका डिआइजी जयबहादुर चन्दले बताए ।
अनुसन्धान सुरुभएलगत्तै अग्रवाल फरार छन् । उनी अघिल्लो संविधानसभामा विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकबाट सभासद् थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्