×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अर्थमन्त्री महराका लागि ८ ओटा सिसिटिभी सहित ६५ इन्चको स्मार्ट टिभी खरिद

LAXMI SUNRISE BANK

अर्थमन्त्री महराका लागि ८ ओटा सिसिटिभी सहित ६५ इन्चको स्मार्ट टिभी खरिद

९ आश्विन २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

देश कै ढुकुटी सम्हालेर बसेको अर्थ मन्त्रालयले भदौ महिनामा नयाँ सामग्री खरिद र भईरहेका समानको मर्मतमा लाखौ रुपियाँ खर्चेको छ । अर्थ मन्त्रालयले भदौ महिनामा झन्डै १ करोड बराबरको रकम समान खरीद तथा मर्मतमा खर्चेको छ ।

ति मध्ये गाडी मर्मतमा मात्र २५ लाख ३ हजार ८ सय १० रुपियाँ खर्च भएको देखाईएको छ । गाडी मर्मत सिर्षक मात्रै १२ पटक प्रयोग भएका छन् । ति मध्ये अग्रिम इन्टरप्राईजेजर यूनिभर्सल ट्रेड एण्ड  सप्लायर्स जे.भि. लाई २ पटक भुक्तान गरेको देखाईएको छ भने शिवशक्ति ट्रेडर्सलाई ४ पटक र दृष्टि अटो ट्रेडर्सलाई ५ पटक भुक्तान गरेको भनिएको छ ।

त्यस्तै मन्त्रालयले कम्पुटर, प्रिन्टर, र कार्यालय प्रयोजनको लागि अन्य सामग्री खरिद सिर्षकमा पनि ठुलो रकम खर्चेको छ । त्यस मध्ये मन्त्रालयले २ लाख ९८ हजार ९४ रुपियाँकप टेलिभिजन , २ लाख ९९ हजार ४ सय ५० मा सिसि क्यामरा र ३ लाख बराबरको स्मार्ट टिभी खरिद गरेको छ । मन्त्रालयले सिसिटिभी खरिद र टेलिभिजनको लागि मन्त्रालयले न्यु सर्भो इन्टरप्राइजलाई भुकतनी गरेको छ भने स्मार्ट टिभीको लागि जामुनेश्वरी ट्रेड एण्ड सप्लायर्सलाई भुक्तानी गरेको छ  ।

यस बारे मन्त्रालयका सूचना अधिकारी मुकुन्द प्रसाद पौडेलसंग बुझ्दा आफुलाई त्यस्तो भासे भुसे कुराको जानकारी नभएको बताए भने लेखा इन्चार्ज श्याम बरालले यसबारे आफुलाई थाहा नहुने र स्टोरमा बुझ्न आग्रह गरे । मन्त्रालयका स्टोर इन्चार्ज केशव अर्यालले समान खरिद गरेको स्वीकार्दै ति समान उपप्रधानमन्त्री तथा अर्थ मन्त्री कृष्ण बहादुर महराको निजि सचिवालयको प्रयोजनको लागि खरिद भएको बताए  ।

अर्यालका अनुसार मन्त्रालय खरिद गरेको टिभी भिडियोकनको ३२ इन्चको टिभी हो भने स्मार्ट टिभी ६५ इन्चको ‘सोनी स्मार्ट थ्री डि’ हो । त्यस्तै सिसि क्यामेरा ८ थान दहुवा कम्पनीको भएको जानकारी दिए ।

अहिले ति टिभी कहाँ छन् भन्ने प्रश्नमा अर्यालले स्मार्ट टिभी सिसि क्यामेराको डिस्प्ले हेर्न (सिसि क्यामराको निगरानी)को लागि भएको र ८ वटा सिसि क्यामराहरु अन्तराष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखामा रहेको बताए ।  उनका अनुसार दुवै टिभी उपप्रधानमन्त्री तथा अर्थ मन्त्री कृष्ण बहादुर महराको निजि सचिवालयको रहेका छन् । ।

  मन्त्रालयलाई एकै पटक किन यति धेरै समान खरिद गर्नु पर्यो ? किन सबै सिसि क्यामरा एकै महाशाखामा राखिनु पर्यो ? किन ६५ इन्च कै ठुलो स्मार्ट टिभी चाहियो ? यी र यस्तै जन चासोका बिषयहरु अहिले आम मानिसमा छ । यी सबै कुरा भने रहस्यमय बनेको छ ।

सरकार परिवर्तनपछि नयाँ सरकारले मन्त्रालय र निजि सचिवालयको लागि नयाँ र महंगा सामानहरु खरिद गर्ने, र सरकार ढल्ने बेलामा सचिवालयबाट समान हराउने परिपाटी भने नौलो होईन ।

हेर्नुस अर्थ मन्त्रालयले भदौ महिनामा खरिद गरेका समानको विवरण ।

  • बिजपाटी 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी