×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मेगा बैंक र टर्किस एयरलायन्सबीच सम्झौता, बैंकका ग्रहकले यात्रा गर्दा विशेष छुट पाउने

PRIME CA

मेगा बैंक र टर्किस एयरलायन्सबीच सम्झौता, बैंकका ग्रहकले यात्रा गर्दा विशेष छुट पाउने

२६ चैत्र २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्था सरोकर सम्बाददाता 
काठठमाडौं । टर्किस एयरलायन्सले मेगा बैंक नेपालका डेबिट र क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई हवाई यात्रामा विशेष छुट दिने भएको छ । मेगा बैंक नेपालकी सिइओ रवीना देशराज श्रेष्ठ र टर्किस एयरलायन्सका कन्ट्री जनरल म्यानेजर अब्दुल्ला टंकर केसीसीबीच मेगा बैंकका ग्राहकहरुलाई टर्किस एयरलायन्सको हवाई सेवामा प्राथमिकता र छुट दिने सम्झौता भएको हो ।
सम्झौता अनुसार, टर्किस एयरलायन्सले मेगा बैंकका डेबिट र क्रेडिट कार्ड प्रयोगकर्तालाई आधार भाडादरमा विशेष छुट र एक्सट्रा लगेजको सुविधा दिने भएको छ । यो छुट टर्किस एयरलायन्सको काठमाडाैंबाट उडान हुने अमेरिका र युरोपियन देशमा लागू हुने सम्झौतामा उल्लेख छ । नवीनतम बैंकिङ सुविधाका साथसाथै मेगा बैंकले अस्पताल, रेष्टुरेण्ट, सपिङ मल लगायतका दर्जनौँ विभिन्न सेवामुलक क्षेत्रसँग सम्झौता गरी आफ्ना ग्राहकहरुलाई थप सुविधा र छुटको व्यवस्था गर्दै आएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: