
- अर्थ सरोकार सम्बतदाता
विराटनगरस्थित दुग्ध वितरण आयोजनाले दूध बनाउन प्रयोग गर्ने दूध पाउडरमा किरा भेटिएको छ। वाणिज्य कार्यालयको नेतृत्वमा गएको अनुगमन टोलीले अनुगमन गर्दा पाउडरमा किरा भेटिएको हो।
अनुगमन टोलीले दुग्ध विकास संस्थानको प्रयोगशाला, भण्डारकक्ष र उत्पादन कक्षको अनुगमन गरेको थियो। पाउडरमा किरा भेटिएसँगै गोदाम र उत्पादनकक्षका सम्बन्धित कर्मचारीलाई कारबाही गर्न संस्थानलाई टोलीले निर्देशन दिएको छ। उत्पादन र भण्डारण कक्षमा फोहोर देखिएको भन्दै टोलीले उक्त कक्षमा एप्रोन र पन्जा प्रयोग गर्न निर्देशन दिएको छ।
अनुगमन टोलीकी सदस्य तथा कन्जुमर आई नेपालकी अध्यक्ष विमला खनालले अनुगमनका क्रममा किरा भेटिएको र अब केही हप्तामै सुधार नभए कारबाही गरिने बताइन्। संस्थानमा भेटिएको किरासहितको पाउडरको बोरा नष्ट गरिएको छ। उक्त वितरण केन्द्रले २५ सय लिटर दही, १० हजार लिटर दूध, १ हजार किलो पनिर दैनिक उत्पादन गर्दै आएको छ। आयोजनाले तेह्रथुम, धनकुटा, इलाम, झापा, सुनसरी र मोरङमा उत्पादीत दूध दैनिक संकलन गर्दै आएको छ। विराटनगरको दुग्ध वितरण आयोजना काठमाडौंपछिको सबैभन्दा धेरै दूध संकलन गर्ने आयोजना हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्