
काठमाडौं— नेपालमा राजनीतिक अवस्था स्थायीत्व भए र लगानी सुरक्षाको प्रत्याभूति भए क्यानडाबाट एक खर्बको लगानी नेपाल ल्याउन सकिने गैरआवसीय नेपाली संघ क्यानडाका रिजनल अफिसर मित्र काफ्लेले बताएका छन् ।
बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको अन्र्तरक्रियात्मक कार्यक्रममा बोल्दै काफ्लेले नेपालमा हाईड्रोपावर विकासको अत्यन्तै प्रचुर संभावना रहेकोले त्यसमा लगानी भित्र्याउन सकिने सम्भाव्यता औंल्याए । ब्राम्पटन माउण्ट एभरेष्ट लायन्स क्लबका अध्यक्ष समेत रहेका काफ्लेले नेपाल विकासको लागि प्रचुर संभावनाहरु धेरै रहेकोले सोही बमोजिम लगानीको प्रत्याभुति गराउन सरकारले पहल गर्ने हो भने क्यानडाबाट समेत लगानी आउने विश्वास व्यक्त गरेका छन् । उनले अघि थपे,‘अहिले बैंकमा पैसा राखेर बसेका छन्, व्याज घटिरहेको छ ।’ नेपालमा राजनीतिक स्थायित्व भए क्यानडाबाट लगानी अत्यधिक मात्रामा भित्रिनेमा आफू पूर्ण विश्वस्त रहेको काफ्लेको भनाई थियो ।
एनएका उपाध्यक्ष समेत रहेका काफ्लेले नेपालमा बलियो कानुनहरुको अभावका कारण मनलाग्दी भएको टिप्पणी गरे । उनले देशको विकास गर्न त्यति गाह्रो नभएको समेत दाबी गरे । काफ्लेले थपे,‘हामी रमाईलो गर्नुपर्यो भने सबै दलका नेताहरु एक ठाउँमा बस्छौं अनि रमाईलो गर्छौ, तर जब देश विकास गर्ने कुरा आउँछ अनि हामी विभाजित बन्छौं ।’ देशको विकासको लागि नेता तथा यहाँका राजनीतिक दलहरुले आफ्नो स्वार्थलाईमात्रै हेर्नुहुँदैन, उनले थपे ।
नेपालको विकासको लागि क्यानडामा छरिएर रहेका नेपालीहरुको सिप, अनुभव र क्षमतालाई पनि उपयोग गर्न सकिने उनको भनाई थियो । उनले भने,‘नेपाल र नेपालीहरुको विकासको लागि क्यानडा राम्रो गन्तव्य हो ।’ गत वर्षको बैशाखमा आएको महाभुम्पका बेला क्यानडा सरकारले भुकम्पपीडित १० हजारलाई रोजगारी दिने प्रतिबद्धता गरेपनि अहिलेसम्म त्यो कार्यान्वयन हुन नसक्नुमा नेपालको नै कमजोरी रहेको काफ्लेको गुनासो थियो । उनले भने,‘कूटनितिज्ञहरुले राम्रोसँग एप्रोच गर्नुपर्यो नि ।’ उनले आफूहरुलाई त्यसबारेमा जिम्मेवारी र दायित्व दिने हो भने क्यानडा सरकारलाई दबाब दिन सकिने उनले प्रतिबद्धता व्यक्त गरे ।
- पलपलको
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्