×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यी हुन् आज प्रचण्डले नरेन्द्र मोदीसँग गर्ने छलफलका १५ एजेण्डा

LAXMI SUNRISE BANK

यी हुन् आज प्रचण्डले नरेन्द्र मोदीसँग गर्ने छलफलका १५ एजेण्डा

३१ भाद्र २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


काठमाडौँ – प्रधानमन्त्री प्रचण्डले शुक्रबार भारतीय राष्ट्रपति प्रणव मुखर्जी, समकक्षी नरेन्द्र मोदी, उपराष्ट्रपति हमिद अन्सारी तथा वरिष्ठ मन्त्रीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच हैदराबाद हाउसको डेकेन स्विटमा आधा घन्टा छुट्टै वार्ता तय भएको छ ।

भारतीय समयअनुसार बिहान ११ः३० देखि १२ बजेसम्म हुने सो वार्तापछि हैदराबाद हाउसको कन्फरेन्स रुममा १२ बजेदेखि एक घन्टा प्रतिनिधिमण्डलस्तरीय औपचारिक भेटवार्ता तय भएको छ । भारतीय विदेश मन्त्रालयको कार्यतालिकाअनुसार १ देखि १ः१० बजेसम्म हैदराबाद हाउसको बल रुममा दुईपक्षीय सम्झौताहरूमा हस्ताक्षर हुने छ ।

त्यसपछिको २० मिनेट प्रेस विज्ञप्ति तथा पत्रकार सम्मेलन हुनेछ, प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीले सम्बोधन गर्नेछन् । १ः३० देखि एक घन्टा दिवाभोज हुनेछ । प्रचण्ड र मोदीबीच बिहान राष्ट्रपति भवनमा, एक्लाएक्लै, औपचारिक प्रतिनिधिमण्डलस्तरमा र पत्रकार सम्मेलनमा गरी चारपटक भेटवार्ता हुनेछ ।

  • पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको विस्तृत परियोजना विवरणलाई अन्तिम रूप दिइने, जो वर्षौंदेखि रोकिएको छ
  • महाकाली नदी र गण्डक नहरमा सिँचाइ परियोजना
  • ढल्केबर–मुजफ्फर प्रसारण लाइनको क्षमता अभिवृद्धि, हेटौँडामा विद्युत् सबस्टेसन स्थापना
  • गोरखपुर–भैरहवा प्रसारण लाइन
  • बंगलादेशबाट पारवहन सुविधा गर्ने विषयमा पनि छलफल हुने
  • विभिन्न क्षेत्रमा भारतीय लगानी आकर्षित गर्ने विषय
  • नेपाली कृषिजन्य उत्पादनलाई भारतमा लैजान सहजीकरण
  • ऊर्जा व्यापार सम्झौताको प्रोटोकल
  • गौरीफन्टा नाकाको स्तरोन्नति
  • कास्कीको ढिकुरपोखरीमा पोलिटेक्निकल इन्स्टिच्युट स्थापना
  • दोधारा–चाँदनी सुक्खा बन्दरगाह निर्माण गर्ने विषयमा पनि छलफल
  • हुलाकी राजमार्गको दोस्रो चरण निर्माण
  • एकीकृत जाँच चौकीहरू निर्माण
  • नेपालको व्यापार घाटा कम गर्ने विषय
  • नेपाल प्रहरी एकेडेमी निर्माण
  • नयाँ पत्रिका
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी