
काठमाडौँ – सांगठनिक संरचनाको विषयमा नेकपा माओवादी केन्द्रको सचिवालय बैठक शनिबार सुरु हुँदैछ। बिहान ११ बजेपछि पार्टी कार्यालय पेरिसडाँडा कोटेश्वरमा सुरु हुने बैठकमा पार्टीको भद्रगोल संरचनालाई व्यवस्थित गर्ने विषयमा विषेश छलफल हुने नेता नारायण दाहालले जानकारी दिए।
माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिमा अहिले २१ सय सदस्यीयहरु छन । यो संख्या धेरै नै ठूलो भएकाले त्यसलाई तीन अंकमा ल्याउने विषयमा शीर्ष नेताहरुबीच छलफल भएको छ।
बिभिन्न माओवादी घटकहरुबीच एकतापछि नेकपा माओवादी केन्द्र बनेपछि एकतामा आएका पार्टीहरुमा सन्तुलन बनाउन पटक पटक संख्या थपेर महाधिवेशन आयोजक समिति २१ सय सदस्यी बनाइएको छ। स्रोतका अनुसार अहिलेको महाधिवेशन आयोजक समिति भंग गरेर नयाँ आयोजक समिति बनाउने माओवादीको तयारी रहेको छ।
शनिबारको बैठकले जनवर्गीय संगठनको संरचना, संगठन सुदृढीकरण, सरकारको कामलाई कसरी प्रभावकारी पार्ने भन्ने लगायतका विषयमा पनि निर्णय लिने दाहालले बताए। सांगठनिक संरचना कम गर्ने विषयमा बिहान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ प्रकाश लगायतसंग परामर्श गरेका छन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्