
भीमदत्तनगर – अनाथ, टुहुरालाई आश्रय दिँदै आएको कञ्चनपुरको भीमदत्तनगरस्थित महाकाली बाल अञ्चल अनाथालय आफैँ अनाथ अवस्थामा पुगेको छ ।
विभिन्न दाताको सहयोग र स्थानीय निकायको अनुदान रकममा अनाथालय बालबालिकाको भरोसा बन्दै आएको बाल अनाथालय केही समययता आफैँ भरोसाविहीन बन्न पुगेपछि व्यवस्थापनमा जटिलता थपिएको छ । हाल २७ जना अनाथ बालबालिकाले आश्रय लिँदै आएको उक्त अनाथालय रु आठ लाख ऋणमा डुबेको छ । “मासिक रु एक लाखभन्दा बढी अनाथालयको व्यवस्थापन खर्च आवश्यक पर्छ ।” बाल अनाथालयका कार्यालय प्रमुख शङ्करबहादुर चन्दले भन्नुभयो– “सरकारी अनुदान पनि कटौती हुँदै गएपछि जटिलता थपिएका छन् ।”
अनाथालयमा कार्यरत चार जना कर्मचारीले विगत सात महिनादेखि तलब पाएका छैनन् । गत वर्ष जिल्ला विकास समितिबाट रु दुई लाख ४६ हजार, भीमदत्तनगरपालिका कार्यालयबाट रु एक लाख, कञ्चनपुर निर्माण व्यवसायी सङ्घबाट रु ३० हजार र सवारीचालक अनुमतिपत्र दरखास्त फारम बिक्रीबाट रु एक लाख २६ हजार अनाथालयमा आएको चन्दले बताउनुभयो ।
अघिल्लो आर्थिक वर्षसम्म महिला तथा बालबालिका मन्त्रालयबाट वार्षिक रु दुई लाख ५० हजारसम्म अनुदान आउने गरेको भए पनि गत वर्षदेखि सो रकम कटौती भएको अनाथालय व्यवस्थापन समितिले जनाएको छ ।
सरकारी निकायबाट आउने अनुदान कटौती हुनुका साथै दाताको भरमा मात्रै अनाथालय सञ्चालनमा ल्याउन कठिन भइरहेको बेला अनाथालय व्यवस्थापन समितिले रु १० लाखको अक्षयकोष स्थापना गरेको छ ।
समितिका पदाधिकारीबाटै न्यूनतम रु २५ हजार र त्यसभन्दा माथि स्वइच्छाले रकम सङ्कलन गरी कोष स्थापना गर्ने तयारी थालिएको अनाथालयका कार्यालय प्रमुख चन्दले बताउनुभयो ।
- दियो पोस्ट
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्